एएफसीका मे र जुनमा हुने सबै खेल स्थगित

काठमाडौं : एसियाली फुटबल महासंघ एएफसीले मे र जुन महिनामा हुने सबै फुटबल प्रतियोगिताहरु स्थगित गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणको क्रम नघटेपछि एएफसीले आफ्ना प्रतियोगिताहरुको स्थगित गरिएको हो ।

एसियाका प्रायः सबै देशले एक देशबाट अर्कोमा जानका लागि प्रति’बन्ध गरेको अवस्थामा एएफसीले स्वास्थ्यको ख्याल राख्दै मे महिनामा हुने प्रतियोगिताहरु सारेको हो ।

एएफसीले कोरोनाको घटनाहरु नजिकबाट नियालिरहेको छ । यसअघि पनि मार्च र अप्रिल महिनामा हुने भनिएको सबै प्रतियोगिता एएफसीले सारेको थियो । जसका लागि एएफसीले दिल्ली, दोहा, दुबई र क्वालालम्पुरमा भिडियो कन्फ्रेन्समार्फत बैठक पनि गरेको थियो । जसका कारण नेपालमा हुने भनिएका चाइनिज ताइपेई र अष्ट्रेलिया बीचको खेल पनि स्थगित भएको थियो ।

अहिले स्थगित भएका प्रतियोगिताका लागि अर्को विकल्पका रुपमा नयाँ मिति तोक्ने एएफसीले बताएको छ । एएफसीका लागि ठूलो चुनौ’ती २०२० को एएफसी च्याम्पियन्स लिग र एएफसी कपको समूह चरणका खेलहरु गर्नु रहेको छ ।

यसका साथै एएफसीले सबै फुटबल संघलाई पनि कठिन परिस्थितिमा संयमित भएर र नकारात्मक कदम नउठाउन आ’ग्रह गरेको छ ।

सम्बन्धित खवर

Back to top button