लकडाउनले इँट्टा उद्योगमा काम गर्ने मजदुर सं’कटमा


दाङ, ५ वैशाख : दाङको इँटा उद्योगमा काम गर्ने हजारौँ भारतीय श्रमिक सं’कटमा परेका छन्। कोरोना भाइरसको म’हामारी फैलन सक्ने डरले विश्वका अधिकांश देश जस्तै नेपाल पनि लकडाउनमा छ । लगातार लकडाउनको अवधि थपिँदै जाँदा ती मजदुरहरु सं’कटमा परेका हुन् ।
दाङमा २६ वटा इँटा उद्योग छन्। एउटा इँटा उद्योगमा एक सयदेखि साढे २ सय भारतीय श्रमिक काम गर्दै आएका छन् । अहिले लकडाउनका कारण इँटा उद्योग ब’न्द भएपछि उद्योगमा काम गर्ने करिब ७ हजार भारतीय मजदुरहरुले ‘कि काम देऊ कि माम देऊ’ भन्न थालेका छन्।



दाङको नारायणपुर बडहरास्थीत मनकामना इँटा उद्योग र गोल्ड इँटा उद्योगमा कार्यरत भारतीय श्रमिकहरुले आफूहरु घर फर्कन मा’ग गर्दै उद्योग परिसरमा बुधबार ना’राबाजी गरी स्थानीय प्रशासनको ध्या’नाकर्षण गराएका छन्।
दुवै उद्योगमा गरी कम्तीमा ५ सय भारतीय श्रमिकहरु कार्यरत छन्। लकडाउनसँगै विगत एक महिनादेखि कामविहीन बनेपछि उनीहरुले घर जान पाउने व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्र’ह गरेका हुन्।
जिल्लाभर कम्तीमा ७ हजार भारतीय मजदुर इँटा उद्योगमा रहेको दाङ जिल्ला इँटा उद्योगी व्यवसायी संघले जनाएको छ। उनीहरु भारतीय सीमा जिल्लाका स्थानीय नागरिक हुन् । त्यसरी काम गर्नेहरुसंगै बालबालिका पनि उद्योगमा आएका छन्।
अनुमानित तथ्यांकअनुसार कम्तीमा एक हजार बालबालिकासमेत रहेको बताइएको छ। यसले बालबालिकामा पनि सामाजिक दूरी कायम हुन नसक्दा कोरोना संक्रमणको समेत सम्भावना देखिएको छ । उनीहरु विश्वव्यापी महा’मारीका रुपमा फैलिएको कोरोनाको संक्र’मणका रुपले पनि बढि जो’खिममा छन्।
‘काम देऊ वा माम देऊ, अन्यथा हामीलाई घर फर्कने वातावरण मिलाऊ’ वडहराको मनकामना इँटा उद्योगमा कार्यरत भारतीय श्रमिक विश्वनाथ चौहानले भने। उनीसंगै सयौं महिला पुरुष तथा बालबालिकाहरु समेत ना’राबाजीमा आएका थिए। अर्की श्रमिक महिला सुनिचा चौहान भन्छिन्, ‘न दाल चामल, न त दवाइको व्यवस्था, यस्तो अवस्थामा हामी जसरी पनि घर पुग्न चाहन्छौं, सरकारले हाम्रा समस्या सुन्नुपर्यो।’
उद्योग बन्द भएसँगै गाउँमा घुमफिर गर्ने मजदुरहरुको चहल पहलसँगै कोरोनाको सं’क्रमण फैलने सम्भावनाका विषयमा स्थानीयबासीसमेत त्र’सित छन्। ‘हामी उद्योग ब’न्द होस् भन्ने चाहेका होइनौं, तर लकडाउनको समयमा अव्यवस्थीत भएर हिंडडुल र घुमफिर गर्ने भारतीय श्रमिकका कारण सं’क्रमण फैलन सक्नेमा त्रसि’त छौं,‘ स्थानीय जय बहादुर बुढाले भने।’ उनले भारतीय मजदुरहरुको घुमफिर देख्दा स्थानीयबासीमा समेत कोरोनाको त्रा’स सुरु भएको बताए।
त्यसैगरी अर्का स्थानीय शरद गौतमले भारतीय मजदुरहरुको व्यवस्थापन गर्ने सवालमा स्थानीय प्रशासन ग’म्भीर बन्नुपर्ने बताए। श्रमिकहरु व्यवस्थित भएर नबस्दा गाउँबस्तीमा सम’स्या आउन सक्ने उनको भनाइ छ । ‘हामीले नै जग्गा लिजमा दिएर उद्योग सञ्चालनको वातावरण बनायौं, तर अहिलेको विष’म परिस्थीतिमा सकेसम्म भारतीय श्रमिकहरुलाई सहज रुपमा घरफर्कने वातावरण सरकारले गराउनु पर्दछ,’ उनले भने।
यो वर्ष इट्टा उद्योगीहरु दोहोरो मार’मा परेका छन् । प्रतिकूल मौसमका कारण विभिन्न समयमा पानी पर्दा करोडौंको क्ष’ति व्यहोर्न बाध्य इँटा उद्योगी काम गर्ने समयमा विश्वव्यापी म’हामारीका रुपमा फैलिएको कोरोनाको सं’क्रमणका कारण लकडाउन हुँदा फेरि समस्यामा परेका छन्।
‘काम रोकिएको करिब एक महिना भयो, जेनतेन दाल, चामलको व्यवस्थापन गरेका छौं, तर कतिसम्म गर्ने भन्नेमा हामीहरु समेत समस्यामा छौं’ मनकामना इँटा उद्योगका सञ्चालक तथा दाङ देउखुरी इँटा व्यवसायी संघका अध्यक्ष रोम वलीले बताए।
यता, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले इँटा उद्योगमा कार्यरत श्रमिकहरुको खानपिनको ब्यवस्थापन उद्योगहरुले नै गर्नुपर्ने बताए।