लकडाउनको मौका छोपेर बालुवा-गिटी उत्खन्न


जनकपुर, ५ वैशाख : लकडाउनको मौका छोपेर त’स्करहरूले बालुवा-गिटी उ’त्खनन् गरेको पाइएको छ । लकडाउनको मौका छोपेर मध्य रातमा महोत्तरीको मरहा खोलाबाट त’स्करले बालुवा-गिटी उत्ख’नन् गरेका हुन् । गैर’कानूनी रुपमा क्रसर संचालन गरिरहेका व्यवसायीको आवरणमा रहेका गु’ण्डाले नदीजन्य पदार्थ त’स्करी गरिरहेका हुन् ।
गौशाला नगरपालिकाले लगाएको ठे’क्कामा विप’क्षीले अ’दालतमा मु’द्धा लागेका थिए । अर्को आ’देश नआएसम्म तत्कालका लागि खोला उत्खन’नमा रो’क लगाइएको थियो । कोरोना भाइरसको म’हामारीबाट जनतालाई बचाउन प्रहरी-प्रशासन, स्थानीय सरकार व्यस्त रहँदा तस्क’रीले रातारात खोला अ’वैध उत्खनन् गरेको हुन् ।



लकडाउनमा गरिबहरु भो’कभोकै भएको बेला त’स्कर प्राकृतिक स्रोतको त’स्करी गरिरहेका छन् । अ’वैध कार्यको रिपोटिङ गर्न गएका अन्नपूर्णकर्मी राजकरण महतो र उनका क्यामरा पर्सन विवेक महतोलाई तस्करहरुले लखेटेका छन् ।
नदी उत्खननको फोटो/भिडियो खिच्दा त’स्कार र क्र’सर संचालकले पालेका गु’ण्डाहरुले अन्नपूर्णकर्मीलाई घे’रेका थिए । अवस्था ग’म्भीर बन्दै गएपछि उनीहरु झु’क्याएर घे’राबन्दीबाट भा’गेका थिए। दुईवटा मोटरसाइकलमा आएका चारजनाले लखेट्न थालेपछि पत्रकार महतो मोटरसाइकल भगा’एर गौशाला ८ बेलगाछीस्थित खाल्टे बजार पुगेर इलाका प्रहरी कार्यालय गौशालालाई फोन गरेर गु’हार मा’गेका थिए ।
इन्स्पेक्टर प्रकाश रेग्मीको टोली पत्रकारलाई सुरक्षा दिन खाल्टे बजार पुगेका थिए । पत्रकार महतो र क्यामरा पर्सनलाई प्रहरीले आफ्नै भ्यानमा राखेर खोला पुग्दा त’स्करहरु क्रस’रमा सवारीसाधन थन्काएर फ’रार भएका थिए ।
एक करोड १५ लाखमा महरा खोलाको ठे’क्का गौशाला नगरपालिकाले गत फागुनको पहिलो साता ठे’क्का लगाएको थियो । अनिष कन्ट्रक्सन जनकपुर-४ को पोल्टामा ठे’क्का परेको थियो । प्रक्रि’या पुरा नगरिकन ठे’क्का लगाएको भन्दै अदा’लतमा वि’पक्षीले मु’द्धा हालेका थिए । सूचना अधिकारी रञ्जित कुमार बर्माका अनुसार अदालतमा मु’द्धा परेपछि खोला उत्खनन् रो’किएको छ। प्रहरी-प्रशा’सन, ठे’केदारलाई त्यसको जानकारी पठाइएसकिएको छ ।
क्रस’रवालाहरु मेसिन प्रयोग गरेर खोला खनिरहेको गौशाला नगरपालिका ८ भण्टाबारीका भोगिन्द्र साहनीले बताए । ‘क्रसर वालाले मरहा खोला दुवै किनारमा ६-७ वटा क्र’सर मेसिर राखेका छन् । खोलाबाट खने’र त्यही थु’पार्ने गरेका छन्,’उनले भने, ‘जथाभावी उत्ख’ननले खोलाले बहाव परिवर्तन हुँदा उब्जाउ भूमी खोला बन्दै आएको छ ।’
स्थानीय गंगाई महतोका अनुसार अधिकार प्राप्त अधिकारीकै सं’रक्षणमा खोला उत्ख’नन भइरहेको हो। उनले भने, ‘त’स्करले सार्वजनिक सम्पत्ति लाइट बालेर रातभरी लु’टिरहेका छन् । प्रहरी-प्र’शासन, सरकारको आँखा ब’न्द छ । म’र्ने भनेको जन्ता त हो नी ।’
‘अदा’लतको नि’र्णय आएपछि मात्र खोला खन्न ठेके’दारलाई भनेका थियौं, ‘गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले भने । नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले अ’वैध कामको रिपोटिङ गर्न गएका पत्रकारलाई ध’म्काउनु प्रेस स्वतन्त्रता वि’रोधी कार्य भएको बताए । तुरुन्त अ’वैध कामको ब’न्द गराई पत्रकारलाई ध’म्काउने र ल’खेट्नेको खोजी गरी का’रवाही गर्न उनले प्रहरी प्र’शासनसँग माग गरेका छन् । यो सामग्री अन्नपूर्ण पोष्टले तयार पारेको हो ।