युएईमा रहेका नेपालीको गुनासो : कम्पनी जाऊ भन्छ, दूतावासले वास्ता गर्दैन

एजेन्सी,५ वैशाख : युएईको नेशनल सेक्युरिटी गार्डमा कार्यरत ३५ जना नेपाली अप्रिल १ तारिखदेखि बेरोजगार बनेका छन् । लाइफगार्डमा कार्यरत उनीहरु कोरोना संक्रमणको महामारीले काम रोकिएपछि कोठामै बस्न बाध्य भएका छन् ।

रोजगारीको भन्दा पनि उनीहरुमा अहिले कम्पनीले स्वदेश फर्कन दिइरहेको दवाबले चिन्ता थपिएको छ । नेपाल र युएई दुवैतर्फको हवाई उडान ठप्प छ । कम्पनीले सबैजनालाई २ महिनाको बिदा दिएको र यो विदामा नेपाल फर्कन भनेको ५ वर्षदेखि उक्त कम्पनीमा कार्यरत धादिङको युवकले बताए ।

‘सुपरभाइजरले अब घर जाने भए दूतावाससंग समन्वय गरेर घर जाने वातावरण बनाऊ भनेको छ, योे अवस्थामा हामी कसरी जाने उनले भने
कम्पनीले यहाँ रहेको आफ्नो दूतावाससँग समन्वय गरेर नेपाल जान भने पनि उनीहरु फर्कन नसक्ने बताउँछन् । अप्रिल महिनादेखि काममा नगएकाले तलब नआउने र आफूहरुसँग बाँकी पैसा पनि नभएको उनी बताउँछन् ।

उनीहरु हवाइ उडान खुल्नेवित्तिकै नेपाल फर्कने तयारीमा छन् । त्यसका लागि दूतावासले केही पहल गरोस् भन्ने अपेक्षा छ । कम्पनीले तत्कालका लागि दुई महिनाको विदा दिएको र यहाँको अवस्था हेरेर पछि पुन ःकाममा बोलाउने जनाएको छ । यही विषयको जानकारी गराउन उनीहरुले दूतावासले सामाजिक सञ्जाल र वेवसाइटमा राखेको टेलिफोन नम्बरमा सम्पर्क गरे । तर त्यो नम्बरको फोन उठेन । दूतावासका कर्मचारीको निजी फोन पनि नउठेको उनीहरुको गुनासो छ ।

सम्बन्धित खवर

Back to top button