बहराइनमा रहेका थप २७ जना नेपालीमा कोरोना संक्रमण


काठमाडौं, ६ वैशाख : बहरानइनमा रहेका थप २७ जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । यो सँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ।
थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावास जनाएको छ । उनीहरु एउटै कम्पनीमा कार्यरत रहेको बताइएको छ । उनीहरुको अवस्था सामान्य रहेको पनि नेपाली दूतावासले जनाएको छ ।



बहराइनमा अहिले सम्म १७ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७ जनाको मृ’त्यु भएको छ भने ७ सय २५ जना निको भएर घर फर्किसकेका छन्।








