कोरोना संक्रमितका लागि ४४ किसिमका औषधि आवश्यक (हेर्नुस् सूची)

काठमाडौं, ६ बैशाख : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्न आवश्यक ४४ प्रकारका औषधिको सूची तयार गरेको छ । कम्तिमा १५ दिन सघन उपचार कक्ष (आइसीयू) मा राख्नुपर्दा कोरोना संक्रमितका लागि यी ४४ थरीका अत्यावश्यक औषधि प्रयोग गर्नुपर्नेछ । विज्ञ टोलीसँग छलफल गरेरै औषधिको सूची तयार पारेको मन्त्रालयले जनाएको छ।

हालको अवस्था र पछि पर्न सक्ने आप’त्‌कालिन अवस्थालाई द‌ृष्ट्रिगत गरी सूची बनाइएको विज्ञ समितिका एक सदस्यले जानकारी दिए। मन्त्रालयले तयार पारेको सूचीलाई उच्चस्तरीय समितिले अनुमोदन गरिसकेको छ।

आइसीयूमा राखिने बि’रामीका लागि अत्यावश्यक औष’धि अभाव हुन थालेकाले सो समस्या समाधान गर्न व्यवसायी र सरकारले कति परिमाणमा खरिद गर्ने भन्ने निर्क्यौल पनि यही सूचीका आधारमा गरिने मन्त्रालयस्रोतले जानकारी दिएको छ । तत्कालका लागि कम्तिमा १,००० संक्रमितलाई पुग्ने गरी औ’षधि राख्न विज्ञ समितिले सरकारी अधिकारीहरूलाई सुझाव दिएका छन्‌।

संक्रमितका लागि अत्यावश्यक यी अधिका‌ंश औषधि नेपालमा बन्दैनन्‌। उत्पादन हुने गरेका केही औषधि तत्काल बनाउनका लागि पनि अहिले आवश्यक सामग्री (कच्चापदार्थ) पर्याप्त नभएको औषधि उत्पादक कम्पनीहरूले जानकारी गराएका छन्‌। अहिलेसम्म कोरोना भाइरसविरूद्धको खोप या कुनै औष’धि बनिनसकेकाले विश्वभरका चिकित्सकहरूले संक्रमितमा देखिइने लक्षणका आधारमा औ’षधि चलाउने गरेका छन्‌।

अहिलेम्म नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। त्यसमध्ये २८ जना अ’स्पतालमै उ’पचाररत छन्। उप’चाररत अधिकांशको स्वास्थ्य अवस्था सामान्य नै छ । गत माघ १० गते पहिलोपटक नेपालमा चीनबाट आएका व्यक्तिमा कोरोना संक्रमित रहेको पुष्टि भएको थियो। ती संक्रमित टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो’ग अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् । ९ चैतमा काठमाडौँकी १९ वर्षीया युवतीमा संक्रमण देखिएको थियो। उनी फ्रान्सबाट कतारको दोहा हुँदै ४ चैतमा काठमाडौँ आइपुगेकी थिइन्। संक्रमणको तेस्रो केस गत ११ चैतमा देखिएको थियो। युएईको सारजाहबाट एयर अरेवियाको उडानबाट गत ६ चैतमा काठमाडौँमा ओर्लेका धादिङका ३४ वर्षीय पुरुष संक्रमित पाइएका थिए।

अहिले दोस्रो र तेस्रो संक्रमित टेकु अस्पतालमा उपचाररत छन्। चौथो संक्रमित धनगढीका हुन्। ३४ वर्षीय ती पुरुष गत ७ चैतमा दुवईबाट भारतको नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए। उनमा संक्रमण भएको १४ चैतमा थाहा भएको थियो। पाँचौ संक्रमित बेल्जियमबाट आएकी बाग्लुङकी १७ वर्षीया युवती हुन्। उनीसँगै आएकी ६५ वर्षीया वृद्धालाई २० चैतमा संक्रमण भएको थियो।

२२ चैतमा कैलाली २ र कञ्चनपुरका १ गरी थप ३ जनामा कोरोना संक्रमण भएको पाइएको थियो । संक्रमितमध्ये दुईजना भारत र एकजना धनगढीकै स्थानीय महिलामा भएको पाइएको थियो । तर हालसम्म नेपालमा कोरोना भाइरसबाट संक्रमित भइ अस्पतालमा उपचा’ररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button