कोरोना संक्रमित १९ वर्षीय युवती २७ दिनपछि डिस्चार्ज

काठमाडौं, ६ वैशाख : नेपालको दोस्रो कोरोना संक्रमित १९ वर्षीय युवती २७ दिनपछि निको भएर घर फर्किएकी छिन् । टेकुस्थित शुक्रराज सरुवा रो’ग अस्पतालमा उपचाररत् १९ वर्षीया युवती २७ दिनपछि आज डिस्चार्ज भएकी हुन्।

उनी ४ चैतमा फ्रान्सबाट नेपाल फर्किएकी थिइन् । फर्किए लगत्तै कोरोना परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएपछि अस्पताल भ’र्ना भएकी थिइन् । उनलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

यसअघि नेपालमा पहिलोपटक २३ जनवरीमा कोभिड-१९ पुष्टि भएका अर्का व्यक्ति पनि उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोभिड-१९ पुष्टि भएकामध्ये दुईजना निको भएका हुन्।

अहिलेसम्म काठमाडौं, धादिङ, चितवन, बाग्लुङ, कैलाली, कञ्चनपुर, पर्सा, रौतहट र उदयपुरमा गरी ३० जनामा कोभिड-१९ संक्रमण देखिएको छ।

सम्बन्धित खवर

Back to top button