नेपालमा काेराेना संक्रमितको ३१ पुगे

काठमाडौं, ६ वैशाख : नेपालमा कोरोना भाइरस (काभिड-१९) बाट संक्रमित हुने संख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार मात्रै एकजना पुरुषमा कोरोना पुष्टि भएको हो। यसअघि ३० जनामा काेराेना संक्रमण पुष्टि भएकाेमा आज एक थपिएसँगै काेराेना संक्रमितकाे संख्या ३१ पुगेकाे हाे ।

मन्त्रालयले एकजना ६५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये तीनजना निको भएर घर फर्किएका छन् भने २८ जना अझै अस्पतालमा उपचाररत छन्। मन्त्रालयका अनुसार स‌ंक्रमित ६५ वर्षीय पुरुष पनि भारतीय हुन्। ती पुरुष शुक्रबार उदयपुरको भुल्के मस्जिदमा रहेका १२ जना संक्रमित समूहकै रहेका मन्त्रालयले जनाएको छ। उनी पनि भारतीय नागरिक भएको मन्त्रालयले जनाएको छ।

उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित मस्जिदमा बसेका १२ भारतीयसहित १६ जना मुस्लिम समुदायका मानिसहरुमा कोरोना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । वीरगन्जको मस्जिदमा बसेका मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण भएको पुष्टिपछि उदयपुरमासमेत अनुगमन गरिएको थियो। मस्जिदमै पुगेर लिइएको आरडीटी टेस्टमा कोरोना पुष्टि नभएपछि स्वाब बिराटनगरमा लगेर गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो। उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भेटिएको थियो। अन्य ४ जना नेपाली रहेका पहाडीले बताए।

उनीहरु लकडाउनको समयमा मस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै स्थानीय बासिन्दाले प्रशासनलाई खबर गरेका थिए । भुल्केको मस्जिदमा रहेका १६ जनाको स्वाब स्वास्थ्यकर्मीले त्यहीँ गएर लिएका थिए। उनीहरुको स्वाब टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पुनपरीक्षण गर्दा पनि कोरोना देखिएको थियो। त्यसपछि उनीहरुलाई शुक्रबारै एम्बुलेन्सबाट आइसोलेनसमा राख्न बिराटनगरस्थित कोरोना अस्पतालमा लगिएको छ।

भुल्के मस्जिदमा रहेका १२ भारतीय विराटनगरबाट सप्तरी हुदै त्यहाँ आएका प्रारम्भिक सोधपुछमा खुलेको जिल्ला प्रशासनले जनाएको छ। भुल्के मस्जिदमा भरहेका भारतीय सप्तरीको वोदेबर्साइन नगरपालिका ५ जाँजरमा फागुन ३ देखि ५ भएको नेपाल इज्तिमा सहभागी हुन आएको अनुमान गरिएको छ। कोरोना पुष्टि भएपछि उक्त मस्जिदलाई सिल गरिएको छ।

भुल्के क्षेत्रलाई नै सिल गरेर प्रहरीले मानिसको आवतजातमा रो’क लगाएको छ। उक्त क्षेत्रमा सेनिटाइज तयारी गरिएको छ। कोरोना पुष्टि भएपछि उनीहरुको ‘ट्राभल हिस्ट्री’ खोज्न थालिएको छ भने कन्ट्याक्ट ट्रेसिङ पनि सुरु भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।

सम्बन्धित खवर

Back to top button