राहत वितरण गर्दै नेविसंघले मनायो स्थापना दिवस, वितरणमा प्रशासनको अ’वरोध

बैतडी, ६ वैशाख : देशभरजस्तै नेपाल विद्यार्थीसंघले बैतडीमा पनि ५१ औं स्थापना दिवस मनाएको छ । नेविसंघले यसपालि स्थापना दिवस डेरामा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई सहयोग गरेर मनाएको नेविसंघ बैतडीका अध्यक्ष कपिल केसीले जानकारी दिए ।

दिवसको उपलक्ष्यमा दोगडाकेदार गाउँपालिका ३ मा रहेको चनैराज माविमा आइएस्सी एजिमा अध्ययन ९ जना विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको नेविसंघ बैतडीका कोषाध्यक्ष नन्दा कपाडीले बताए । दोगडाकेदार ३ श्रीकोटका नेपाली कांग्रेसका सभापती भानदेव भट्टको उपस्थितीमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको हो ।

चनैराज मावि, भिमदत्त पोलिटेक्निक इन्स्च्युट पाटन र गोकुलेश्वर कृषि कलेजमा गरि ४३ जना विद्यार्थीलाई राहत वितरण गरिएको नेविसंघ बैतडी जनाइएको छ । सबैमा गरेर ९ बोरा चामल, ६० किलो दाल,६० लिटर तेल र ४३ प्याकेट नुन वितरण गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिमका कारण डेरामा रहेका विद्यार्थीलाई समस्या भएको भन्दै नेविसंघले यस वर्ष ती विद्यार्थीलाई सहयोग गरेर स्थापना दिवस मनाएको हो ।

यसैबिच लकडाउनका बेला नेविसंघले राहत वितरण गर्दा स्थानीय प्रशासनले अवरोध सिर्जना गरेको आ’रोप नेविसंघ बैतडी लगाएको छ । लकडाउनको मर्यादा र अनुशासनको पालना गरेर राहत वितरण गर्दा पनि प्रशासनले बिभेदकारी व्यवहार गरेको आरोप लगाईएको नेविसंघ बैतडीका अध्यक्ष कपील केसीद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

Back to top button