कोरोनाले लियो १ लाख ६० हजारको ज्यान, २३ लाख ३० हजार संक्रमित

काठमाडौं, ७ बैशाख : म’हामारीको रुप लिइरहेको कोभिड– १९ भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक हेर्दा २३ लाख ३० हजार ७८१ जना संक्रमित भएका छन् ।

अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उप’चारपछि घर फर्किएका छन् । १५ लाख ७३ हजार ५५२ जना विभिन्न अ’स्पतालमा उपचाररत छन् । जसमध्ये ५५ हजार २६५ जनाको अवस्था चि’न्ताजनक छ ।

पछिल्लो २४ घण्टाको अविधिमा ६ हजार ५०५ जनाको ज्यान गएको छ । ८१ हजार २८७ नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृ’त्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ६८ हजार २६९ जना उपचा’रपछि निको भएका छन् । १३ हजार ५५१ जनाको अवस्था ग’म्भीर रहेको छ । ६ लाख ३१ हजार ४१७ जना उप’चाररत छन् ।

कोरोना भाइरसको म’हामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृ’त्यु भएको छ । शनिबार थप ४८२ को मृ’त्युभएपछि इटालीमा मृत’कको संख्या २३ हजार २२७ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ७५ हजार ९२५ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ४४ हजार ९२७ जना उप’चारपछि निको भएका छन् । उप’चार गराइरहेका १ लाख ७ हजार ७७१ जनामध्ये २ हजार ७३३ को अवस्था गम्भी’र रहेको छ । इटाली कोरोना भाइरसले युरोपमा सबैभन्दा बढी प्र’भावित भएको मुलुक हो ।

झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महा’मारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृ’त्यु भएको छ । १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६३७ जनाको मृ’त्यु भएको छ भने ३ हजार ५७७ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा संक्रमितमध्ये ७४ हजार ७९७ जना उपचारपछि निको भएका छन् । उपचारारत ९८ हजार ९८० जनामध्ये ७ हजार ३७१ जनाको अवस्था ग’म्भीर ।

बेलायतमा पछिल्लो २४ घण्टामा ८८८ जनाले ज्यान गुमाएसँगै मृ’त्यु हुनेको संख्या १५ हजार ४६४ पुगेको छ ।

एकै दिन ५ हजार ५२५ जना संक्रमित भएसँगै बेलायतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख १४ हजार २१७ पुगको छ ।

बेलायतमा १ हजार ५५९ जनाको अवस्था ग’म्भीर रहेको जनाइएको छ । संक्रमितमध्ये ८९ हजार ४०४ जनाको विभिन्न अ’स्पतालमा उपचार भइरहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृ’त्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ ।

भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् । १२ हजार ७३८ जनाको विभिन्न अ’स्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button