ड्युटी गरिरहेका हवल्दारको मृ’त्यु

सोलुखुम्बु, ७ वैशाख : विश्वभर म’हामारी रुप लिइरहेकाे कोरोनाको जो’खीम नेपालमा पनि उत्तिकै रहेकाे छ । त्यहीँ जाेखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले लकडाउन गरेकाे छ । आम नागरिकलाई घरभित्रै बस्न भनिएकाे छ । तर, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुले भने राम्ररी खान बस्न पाएका छैनन् ।

यसै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृ’त्यु भएको छ । सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार शिव प्रसाद भट्राईको आईतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृ’त्यु भएको सोलुखुम्बु प्रहरी प्रमुख (डिएसपी) टेकुनन्द इवा लिम्बुले जानकारी दिए।

डिएसपी लिम्बुकाअनुसार डुयुटीमै रहेको बेला आईतबार राती १२ बजेको समयमा अत्याधिक पेट दुखेपछि जिल्ला अस्पताल फप्लु उपचारको लागि लगिएको थियो । अस्पताल पुर्‍याएपछि बेहोस भएका भट्टराईको रातिनै मृ’त्यु भएको डिएसपी लिम्बुले बताए ।

भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ बर्षिय भट्टराईको एक श्रीमती २ छोरा र १ छोरी छन् । अहिले उनको श’वलाई घर पठाउने तयारी भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिम्बुले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button