चीनकाे जनजीवन सामान्य बन्दै, खुल्न थाले पर्यटकीय स्थल


काठमाडौं, ८ वैशाख : कोरोना भाइरस (कोभिड १९) को उद्गम स्थल चीनकाे जनजीवन सामान्य अवस्थामा फर्कन थालेसँगै पर्यटकीय स्थल पनि खुल्न थालेका छन् । दुई महिना लामाे लकडाउनपछि चीन पहिलेकै अवस्थामा फर्कँदै छ । जनजीवन बिस्तारै समान्य हुँदै गइरहेको छ ।
कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण फैलन सुरु भएपछि रो’कथाम र निय’न्त्रणका लागि दुई महिनाभन्दा धेरै लकडाउन गरिएको थियो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेइजिङमा रहेको ‘चिनियाँ पर्खाल’ सहति ७३ प्रमुख पर्यटकीय स्थललाई खुला गरिएको छ । यी सबै पर्यटकीय स्थल खुला इलाकामा छन् । बेइजिङ टुरिज्म ब्यूरोका अनुसार यी सबै ठाउँमा ३० प्रतिशत पर्यटकलाई मात्र जान दिइनेछ ।



शङ्घाइमा आधिरातसम्म चल्ने बजार पनि खुल्नेछ । काेराेना भाइरसकाे स’ङ्क्रमणका कारण चीनमा अहिलेसम्म चार हजार ६ सय ४२ जनाकाे ज्यान गएकाे छ भने ८२ हजार सात सयभन्दा धेरैमा स’ङ्क्रमण पुष्टि भएकाे छ । स’ङ्क्रमितमध्ये ७७ हजारभन्दा धेरै उपचारपछि निकाे भएका छन् । चीनबाट फैलिन थालेकाे भाइरसकाे सङ्क्रमणले अहिले विश्वभरी नै महा’मारीकाे रुप लिइरहेकाे छ ।








