बिहेकाे प्रसंगमा टिकाटिप्पणी गर्नेहरुलाई आँचलकाे मन छुने कुरा (भिडियाे)

काठमाडाैं : बिहेकाे प्रसंगमा टिकाटिप्पणी गर्नेहरुलाई आँचलले मन छुने कुरा गरेर जवाफ फर्काएकी छिन् । मलाई माया गर्ने, घृणा गर्ने सबै सबै’लाई मेरो मन मुटुदेखिको माया । तपाईहरु हुनुहुन्छ र म आँचल शर्माको नामले परिचित छु । कहिले ताली कहिले गा’ली स्वभावि’क हो, जे होस् माया मार्नु भएको छैन र चलचित्रहरु पाइरहेको छु ।

मैले नृत्य र अभिनय गरेका म्युजिक भिडियो’हरु मन पराइदिनुहुन्छ र भ्याइनभ्याई म्युजिक भिडि’योहरु गरिरहेको छु चारवर्ष अघि किशोरा’वस्थामा रमाईरहेकी एउटा किशोरी’ले नायिकाको परिचय पाउनुमा तपाईहरुकै ठूलो देन छ।

मेरो परिचय’मा धेरथोर किन नहोस् यहाँहरुको समय र पैसाको लगानी छ । त्यसैले त मैले बाटो बिराउँदा बोल्न सम्झाउन तपाई हरु’लाई छुट छ । किनकी म धेरैको छोरी वा बहिनी र थोरैको दिदी हुँला ।

आलोकाँचो उमेरमा गरिएका कतिपय निर्णयहरु सबै सहि नै हुन्छन् भन्ने छैन । यद्यपि, हरेक निर्णय गर्दा म आफ्नो उमेर’भन्दा बढी परिपक्व हुने कोसी’स चाहिँ गरिरहेकै हुन्छु । बिहेको निर्णय पनि त्यसै’को एउटा प्रतिफल हो ।

हेर्नुहोस् भिडियो

सम्बन्धित खवर

Back to top button