मोबाइलमा पैसा छैन् ? नेपालको टेलिकमको नि:शुल्क सेवा लिनुहोस्

काठमाडौं, ८ वैशाख : कोरोना भाइरसको सं’क्रमण हुन नदिन सरकारले लागु गरेको लकडाउनको समयमा मोबाइलमा पैसा सकिएका आफ्ना ग्राहकहरुलाई नेपाल टेलिकमले नि:शुल्क सेवा उपलब्ध गराउने भएको छ ।

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ ।

यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्र’वन्ध नि’र्देशक डिल्ली अधिकारीले जानकारी दिए । ‘भोलीदेखि नै यो सेवा लागू हुनेगरी तयारी गरेका छौँ । लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो ।’अधिकारीले भने ।

टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको हो ।

सम्बन्धित खवर

Back to top button