राष्ट्रपतिद्वारा राजनीतिक दल सम्बन्धी अध्यादेश जारी

काठमाडौं, ८ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका २ अध्यादेश प्रमाणीकरण गरी जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार सरकारले पठाइएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा ती अध्यादेश जारी गरेकी हुन् ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजनमा सहज बनाउने सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । राजनीतिक दल फुटाउन चाहेमा संसदीय दलमा ४० प्रतिशत सांसद भए नयाँ पार्टी दर्ता हुने प्रावधान रहेको छ

सम्बन्धित खवर

Back to top button