‘विधिको शासनको मर्म तथा भावनामाथी गम्भी’र प्र’हार’


काठमाडौं : राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउनु विधिको शासनको मर्म तथा भावनामाथि गम्भी’र प्र’हार भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताएका छन् । सरकारले जा’री गरेको अध्यादेश प्रथमदृष्टिमै संविधानमाथि गरिएको ग’म्भीर धो’खाधडी भएको वरिष्ठ अधिवक्ता त्रिपाठीले बताएका छन्। त्रिपाठीले संविधानको धारा २८४ को ठाडै ब’र्खिलाफ हुनुका साथै संविधानको धारा ११४ को ब्यापक दुरुपयोग गरेर अध्यादेश ल्याइएको बताएका हुन् ।
संविधानमा भएको व्यवस्था विपरीत अध्यादेश आएको उनको ठहर छ । त्रिपाठी भन्छन्, ‘अध्यादेश जारी गर्ने धारा भनेको अपवादको धारा हो। यो सदनको बैठक नबसेको बेलामा तत्काल उपस्थित कुनै ग’म्भीर आवश्यकतालाई सम्बोधन गर्न अपवादको रूपमा जा’री गरिन्छ। लोकतान्त्रिक प्रणाली भएको मुलुकमा कानून निर्माण गर्ने कार्य संसदको हो, कार्यपालिकाको होइन । कार्यपालिकाले कानून निर्माण गर्नु शक्ति पृथकीकरणको सिद्दान्तको प्रतिकूल हो ।’



कोरोनाको भाइरसको स’न्त्रास फैलिरहेको बेला सरकारले जा’री गरेको अध्यादेश राष्ट्रपतिले प्रमाणिकरण गरिसकेपछि प्रतिक्रिया दिदै त्रिपाठीले भने, ‘लिखित संबिधान भएको मूलुकमा संसदको शक्ति पनि सिमित हुन्छ । संसदलाई पनि संविधानको बर्खिलाफ कुनै कानून पारित गर्ने अधिकार हुंँदैन । लिखित लोकतान्त्रिक संविधान भएको मुलुकमा संवैधानिक सर्वोच्चतालाई स्वीकार गरिन्छ एवं राज्यका सबै निकायहरुलाई संविधानको मातहतमा राखिएको हुन्छ ।’
‘जब व्यवस्थापिकालाई संविधानको अक्षर एवं मर्मको वि’रुद्ध कानून निर्माण गर्ने क्षमता प्राप्त हुदैन भने कार्यपालिकाले संविधानको प्रावधानलाई नै निष्क्रिय गर्ने गरि अध्यादेश जारी गर्न मिल्छ भनि कल्पना गर्न सकिदैन,’ त्रिपाठीले भने, ‘सरकारको यो कदम संबैधानिक लोकतन्त्रको मर्म एवं भावनामाथि गरिएको ग’म्भीर प्रहा’र हो।’
संविधानमाथी ग’म्भीर प्र’हार भएको उनको बुझाई छ । त्रिपाठी भन्छन्, ‘बदनियत एवं स्वेच्छाचारी ढंगले सरकारले संविधानवाद तथा विधिको शासनको मर्म तथा भावनामाथी गम्भी’र प्र’हार गर्दैछ । सरकारले आफूले रक्षा गर्छु भन्ने शपथ खाएको संविधानको मृ’त्यु पत्रमा हस्ताक्षर गर्दैछ । संविधानको मातहत खडा भएको यो सरकारलाई संविधानलाई ‘डीरेल’ गर्ने अधिकार छैन । सरकारले यो संविधानलाई ‘सब्भर्ट’ गर्दैछ । हामी नागरिकहरुले संविधान माथी भैरहेको यस घा’तक प्रहा’रलाई टुलुटुलु हेरेर बस्न मिल्दैन।’








