सर्वोच्च नेता किम जोङ उनको मुटुको श’ल्यक्रिया


काठमाडौं, ९ वैशाख : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको श’ल्यक्रिया गरिएको छ । पछिल्लो समय एक विशेष वार्षिक समारोहमा उनी उपस्थित नभएपछि उनको विषयमा विभिन्न आशंका उत्पन्न भएका थिए ।
दक्षिण कोरियाली सञ्चार माध्यमका अनुसार, अप्रिल १२ मा उनको मुटुको स’र्जरी गरिएको हो । श’ल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको खबर प्रकाशमा आएका छन् ।



उनका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो । उत्तर कोरियामा यो दिन वि’शेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् ।
स्रोतका अनुसार, अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा उनको मुटुको स’र्जरी गरिएको थियो । उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । वि’शेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन ।
अत्यधिक तौल, धुमपान र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा स’मस्या देखिँदै आएको थियो । गत अगस्टयता नै उनलाई मुटुको स’मस्या देखिएको बताइन्छ । किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए । त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको छ ।
स्रोत : अल जाजीरा