अमेरिकी अर्थतन्त्र ओरालोमा : तेलको मुल्य शताब्दीकै सबैभन्दा तल्लो बिन्दुमा

एजेन्सी, बैशाख ९: अमेरिकी कच्चा तेलको मूल्य यो शताब्दीकै सबैभन्दा तल्लो बिन्दुमा झरेको झरेसगै अमेरिकाको अर्थ तन्त्र पनि अोरालो लागेको बिश्लेषकहरुले बताएका छन । अहिले बजारमा तेलको माग नभएपछि र भण्डारण गर्न नसकिएपछि तेलको मूल्य गिरावट सगै ऋणात्मक बिन्दुमा पुगेको छ।

लकडाउनका कारण विश्वभरका मानिस घरभित्रै बसेपछि अहिले सवारीसाधन र उद्योगधन्दा सञ्चालन ठप्पप्रायः छ। भण्डारणमै समस्या भएपछि अहिले तेल उत्पादकहरुले ट्यांकर भाडामा लिइरहेका छन् र त्यसमा उत्पादित तेल भण्डारण गरिरहेका छन्। भने खरिद गर्नेलाई उल्टै पैसा दिएर तेल उपलब्ध गराउनुपर्ने अवस्था आएको छ।

बीबीसीका अनुसर तेलमा भएको मूल्य गिरावटको सबैभन्दा बढी असर अमेरिकाले ब्यहोरेको छ। त्यहाँ तेलको मूल्य शुन्य भन्दा पनि तल अर्थात ऋणात्मक बिन्दुमा पुगेकोछ।

अमेरिकामा यतिखेर तेलको मूल्य माइनस ३७.६३ डलर प्रतिब्यारेलमा झरेको छ। यसको अर्थ अमेरिकाले अहिले तेल बेचेमा क्रेतालाई उल्टै ३७.६३ डलर दिनुपर्नेछ। सन्‌ २००८ जुनमा प्रतिब्यारेल कच्चा तेलको मूल्य इतिहासकै सबैभन्दा उच्च बिन्दुमा अर्थात १४८.९३ डलर कायम भएको थियो।

सोमबार अमेरिकी बजारमा देखिएको तेलको मूल्य गिरावट असर विश्वकै तेल बजारमा देखिएको छ। अन्तर्राष्ट्रिय वेञ्चमार्क ब्रेंटमा पनि कच्चा तेलको मूल्यमा ८.० प्रतिशतले गिरावट आएको छ। अहिले विश्वबजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य २६ डलरमा झरेको छ।

मागमा भएको तीब्र गिरावट र उत्पादन कटौती गर्ने या नगर्नेबारे उत्पादकहरुबीच भइरहेको विवादले विश्वकै तेल उद्योग संकटमा परेको हो। यस महिनाको शुरुवातमा ओपेक सदस्य र यसका सहयोगी देशहरुले तेलको उत्पादनमा १० प्रतिशत कटौती गर्न सहमति जनाएका थिए। पछिल्लो तेल उत्पादन कटौतीदर अहिलेसम्मकै उच्च दरको हो।

उत्पादन कटौती गरेपनि यसले तेल उत्पादनमा देखिएका अधिकांश समस्या नसुल्झाएको विज्ञहरुले बताएका छन्। एक्सिकार्पका विश्व बजार रणनीति प्रमुख स्टीफिन इन्सले भनेका छन्, ओपेक प्लसले तेलको मूल्य सन्तुलन कायम गर्न सक्दैन भन्ने तथ्य विश्व बजारले निकै छिट्यो बुझ्यो र तेलको मूल्य ह्वात्तै घट्यो।
यो संकट कहिलेसम्म लम्बिएला ?

बीबीसीका अनुसार अहिले विश्व बजारमा आवश्यकभन्दा निकै धेरै मात्रामा कच्चा तेल सञ्चित भएको छ र आर्थिक गिरावटका कारण विश्वभर नै तेलको माग निरन्तर घटिरहेको छ।

सबैभन्दा बढी तेल निर्यात गर्ने ओपेक र यसको सहयोगी देश रुस उत्पादन घटाउन सहमत भएका थिए। अमेरिका र बाँकी देशहरुले पनि तेल उत्पादन कटौतीको फैसला गरेका थिए। तर उत्पादन कटौतीका बावजुद अहिले विश्वमा आवश्यकताभन्दा निकै धेरै कच्चा तेल उपलब्ध छ।

तेलको मूल्य यसरी घट्नुका पछाडि प्रयोग नहुनु मात्रै प्रमुख कारण चाहिँ होइन। बरु लकडाउन खुल्ने र स्थिति सामान्य हुने पर्खाइमा धमाधम तेल उत्पादन गरिरहनु र स्टोरमा राख्नु नै मूख्य कारण हो।

अहिले जमिन र समुन्द्रमा रहेका तेल भण्डारण गृहहरु पुरै भरिएका छन्। अब यो तेल बिक्री हुनका लागि विश्वभर कोरोना महामारी नियन्त्रण हुनुपर्नेछ र अवस्था सामान्य हुँदै जानुपर्नेछ। स्वास्थ्यसँग जोडिएको विषय भएकाले यो अवस्था आउन निकै समय लाग्नेछ।

सम्बन्धित खवर

Back to top button