नेपालमा एकैदिन ११ नयाँ कोरोना संक्रमित थपिए,संक्रमित संख्या ४२ पुग्यो


काठमाडौं, ९ बैशाख : नेपालमा मंगलबार थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा ८ जना र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना गरी ११ जनामा कोरोना पोजेटिभ देखिएको हो।
मंगलबार दिउँसो पनि एक जनामा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। योसँगै मंगलबार नेपालमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार थपिएका ११ जनासहित नेपालमा ४२ जनामा कोरोना संक्रमण भेटिएको छ। यी मध्ये ५ जना उपचारपछि निको भइसकेका छन्।
त्यस क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए


