काेराेना संक्रमित दुईजना निको भए एकैदिन

काठमाडौं, १० वैशाख : कोरोना संक्रमित दुईजना बुधबार एकैदिन निको भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डाक्टर विकास देवकोटाले बुधबार नियमित प्रे’स ब्रिफिङमा यसको जानकारी दिएका हुन् । धादिङका युवक २८ दिनपछि निको भएर घर फर्किएका हुन्। युएईबाट काठमाडौं आएका ती युवक कोरोना देखिएपछि गत चैत १२ गते टेकु अस्पतालमा भर्ना भएका थिए।

त्यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र चौथो रिपोर्ट ‘नेगेटिभ’ आएपछि उनलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको हो । सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना ‘पोजेटिभ’ देखाएको थियो ।

यसअघि कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक र धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय संक्रमित युवक निको भएर घर गइसकेका छन्। योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ७ पुगेको छ।

सम्बन्धित खवर

Back to top button