प्रधानमन्त्रीको आ’देशमा समाजवादीका सुरेन्द्र यादवकाे अ’पहरण भएकाे आ’रोप


काठमाडौं, १० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीकाे आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अ’पहरण गरेकाे समाजवादी पार्टीले आ’राेप लगाएकाे छ । सप्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य यादवलाई प्रधानमन्त्री ओलीको ठाडो आ’देशमा प्रहरीले अ’पहरण गरेको समाजवादी पार्टीले आ’रोप लगाएको हाे ।
समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भने, ‘आज वैशाख १० गते साँझ ५ बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आ’देशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अ’पहरण गरेर पार्टी फु’टाउने प्रयोजनका लागि काठमाडौंतिर लगेको छ ।’



स्रोतका अनुसार यसअघि पनि प्रधानमन्त्री निकटका मानिसहरुले यादवलाई समाजवादी पार्टी फु’टाउने कार्यमा सघाएमा ‘जे चाहिन्छ त्यो दिने’ बताएका थिए । यादव पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । तर, पछिल्लो समय यादवले आफूले पार्टी नफु’टाउने बताउँदै आएका थिए ।
यादवको फोन स्वीच्ड अफ छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले यसबारे आफूलाई जानकारी नभएको बताए ।








