महाकालीपारीका नेपालीलाई ल्याउँने प्रधानमन्त्रीकाे आश्वासन

काठमाडौं : महाकालीपारीका नेपालीलाई फिर्ता ल्याउँने प्रधानमन्त्री केपी शर्मा ओलीले आश्वासन दिएका छन् । आज प्रधानमन्त्री ओलीले महाकालीपारी धारचुलामा अड्किएका नेपालीलाई ल्याउँने आश्‍वासन दिएका हुन् । उनले धारचुलामा करिब २५ दिनदेखि अड्किएका नेपालीलाई ल्याउन प्रदेश र स्थानीय तहसँग छलफल गर्ने बताएका हुन्।

‘धारचुलामा बसेका नेपालीबारे हामी सल्लाह गर्छौं ।’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नेकपाकी सांसद निरु पालले भनिन्, ‘तर अरु क्षेत्रबाट अहिे कसैलाई आउन अनुमति हुँदैन। भारतीयलाई पनि यहीँ क्वारेन्टाइन गर्ने हो । धार्चुलामा बस्नेका लागि विकल्प खोज्छौँ। स्थानीय तहसँग पनि समन्वय गरेर निर्णय लिन्छौँ।’

सांसद पालका अनुसार यसको जवाफमा प्रधानमन्त्रीले अन्य क्षेत्रका नेपालीहरुलाई जहाँ छ त्यहीँ बस्न भनिएको बताउँदै धारचुला अड्एिका नेपालीबारे छलफलपछि निर्णय लिने जानकारी दिएका छन्। सअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद भीम रावलले महाकालीपारिका नेपालीलाई तत्काल ल्याउन आग्रह गरेका थिए। सुदूरपश्चिम प्रदेशबाट निर्वाचित नेकपाका सांसदहरुसँग बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेको अन्तरक्रियाका क्रममा सांसद रावलले यस्तो आग्रह गरेका थिए।

‘दार्चुलापारि धारचुलामा नेपाली अड्किएको २५ दिन भइसक्यो। क्वारेन्टाइन पनि १४ दिन बसिसके’, रावलले भने, ‘बरु यता ल्याएर क्वारेन्टाइनमा राख्नुपर्यो । रातारात भागेर पनि आइरहेका छन् । त्यहाँ नेपालीको बिजोग भइसकेको छ।’

नेकपाकी सांसद निरु पालका अनुसार महाकाली पारि रहेका नेपालीहरु नदीमा हेलिएर आइरहेकाले नेपालमा कोरोना फैलिने उच्च जो’खिमतर्फ पनि प्रधानमन्त्रीको ध्या’नाकर्षण गराएको जानकारी दिइन्। ‘वहाँहरुलाई नेपाल ल्याउन हामीले प्रधानमन्त्रीसँग माग गरेका छौँ’, उनले भनिन्, ‘पारी नै रोकिराख्दा भागेर आएकाले नेपालमा कोरोना सार्ने जो’खिम उच्च छ। त्यसैले बरु सबैलाई एकैचोटी ल्याएर नेपालमै १४ दिन क्वारेन्टाइनमा राख्न हामीले प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ।’

धारचुलमा रहेका सयौँ नेपालीलाई बरु नेपालमै ल्याएर क्वारेन्टाइनमा राख्दा राम्रो हुने सुझाव सांसदहरुको थियो । ‘हामीले नेपालमा ल्याइ क्वारेन्टाइन राखेर नि’गरानी गर्न भनेका छौँ। धारचुलाबाट महाकाली तरेर आइरहेका छन्। यसले झनै जोखिम बढाउँछ’, सांसद पालले भनिन्, ‘कोरोना संक्रमित आए भने उदयपुरकै जस्तो जो’खिम आउने कुरा हामीले प्रधानमन्त्रीलाई भनेका छौँ।’

सम्बन्धित खवर

Back to top button