अध्यादेश खा’रेज हुनुपर्नेमा विपक्षी दलहरुको एकमत


काठमाडौं, १० वैशाख : संविधानकाे भावना विपरित ल्याइएकाे अध्यादेश खा’रेज हुनुपर्नेमा विपक्षी दलहरुको एकमत रहेकाे छ । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकारले जा’री गरेका अध्यादेश जुनसुकै हालतमा पनि खा’रेज गर्नुपर्ने बताएका हुन्। नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा भएको छलफलमा विपक्षी दलहरुले अध्यादेश खा’रेज हुनुपर्ने बताएका हुन्। देश संक’टसँग जु’धिरहेका बेला संविधानको भावना र लोकतान्त्रिक मूल्य मान्यता विपरित ल्याइएका अध्यादेश खा’रेज हुनुपर्नेमा विपक्षी दलहरु एकमत भएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अध्यादेश कु-समय र कुनियतले आएको बताए । सुशासन, लोकतन्त्रिक तरिकाबाट शासन चलाउने र राज्यमा सबै जनताको पहुँच हुनुपर्ने भएपनि एक व्यक्तिको इसारामा राज्य चलाउने ग’लत नियतले अध्यादेश आएको उनले बताए। प्रधानमन्त्री अधिनायकवादको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उनले अहिलेको परिवर्तनलाई उल्ट्याउन अध्यादेश ल्याइएको बताए।



कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले संवैधानिक भावना विपरित ल्याइएको अध्यादेशले लोकतान्त्रिक मूल्य मान्यता क’मजोर बनाएको बताए। अध्यादेश फिर्ता सरकारको एकमात्रै विकल्प भएको उल्लेख गर्दै उनले फिर्ता नभए कडा आ’न्दोलन हुने चेता’वनी दिए। देश लक डाउनमा रहेको बेला संसदलाई छ’लेर अध्यादेश ल्याउने कुरा कुनै पनि हालतमा मान्य नहुने उनले बताए।
पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यादेश तत्काल फिर्ता गर्न आग्रह गरे । आफ्नै पार्टी भित्र समेत कुनै छलफल नगरी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको एकतन्त्रीय कदम भएको उल्लेख गर्दै उनले तत्काल संसद बैठक बोलाएर यसलाई अस्वीकृत गर्नुपर्ने बताए। सरकारले अध्यादेश फिर्ता गर्न तयार नभए जनता आ’न्दोलनका लागि तयार हुनुपर्ने उनको भनाई छ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक प्रणालीमा प्र’हार गर्ने, दलहरुलाई अस्थिर बनाउने र मुलुकलाई अस्थिरता तर्फ लैजाने उद्देश्यले अध्यादेश आएको बताए । संवैधानिक निकायलाई क’ब्जा गरी लोकतन्त्रलाई दु’र्घटनामा पार्ने र मुलुकलाई ब’र्बाद गरी सर्वसत्तावाद ला’द्नका लागि अध्यादेश आएको यादवको भनाई छ। अध्यक्ष यादवले फलानो पार्टीलाई फु’टाउन अध्यादेश ल्याइएको हो भनेर अभिव्यक्ति दिनु अ’पराध भएको समेत बताए।
राष्ट्रिय जनता पार्टी राजापा नेपाका अध्यक्ष मण्डलका संयोजक सरदसिंह भण्डारीले मुलुकलाई सर्व’सत्तावाद र नि’रङ्कुसतावाद तर्फ लैजाने सुनियोजित किसिमले अध्यादेश आएको बताए । मुलुक कोरोनासँग ल’डिरेहका बेला प्रतिपक्षी दलले समेत सरकारलाई सहयोग गरिरहेको स्मरण गर्दै उनले विधेयक आउनु व्यक्ति विशेषलाई सुनियोजित ढंगले शक्तिशालि बनाउने परिपाटी निर्माणको संकेत भएको बताए। सामाजिक दुरी कायम गरेर भएपनि संसद बैठक सञ्चालन गर्नुपर्ने उनले बताए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सिंगो संसार कोरोनासँग जु’धिरहेका बेला नेपाल पनि कोरोनासँग जु’ध्नु बाहेक अरु विकल्प नभएको धारणा राखेका थिए। बैठकमा सभापति देउवाले निर्वाचनमा आफूले भनेको कुरा (कम्युनिष्ट पार्टीको सरकार आएपछि जनताले बोल्न समेत पाउने छैनन्) अहिले सत्य भएको धारणासमेत राखेकाे प्रवक्ता शर्माले बताए।
बैठकमा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारको निर्णय अलोकतान्त्रिक, अव्यवहारिक र अहिलेको अवस्थामा गल’त क’दम भएको धारणा राखेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यस्तै राष्ट्रि प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले विना कारण ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने धारणा राखेका प्रवक्ता शर्माले बताए।
प्रवक्ता शर्माका अनुसार राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्र बहादुर केसी पारिवारिक सम’स्याका कारण बैठकमा उपस्थित भएनन् । यद्यपि बैठकले गर्ने निर्णयमा आफ्नो समर्थन रहेको र सरकारी कदम ग’लत भएको धारणा राखेका छन्। बैठक सामाजिक दुरी कायम गर्दै सञ्चालन भएको थियो। बैठकमा सहभागि नेताहरुले आफ्नो धारणा राखिसकेपछि अर्को नेतालाई हस्तान्तरण गर्नुभन्दा पहिले माइक्रोफोनमा सेनिटाइजर प्रयोग गरिएको उनले बताए।
सरकारले सोमबार राजनीतिक दलसम्बन्धि (दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि पहिलो संशोधन अध्यक्षदेश २०७७ जारी गरेपछि चौतफी वि’रोध भइरहेको छ।