विद्यार्थीहरु भन्छन् ‘हेमराजलाई फ’साउने नगरपालिकाकाे च’क्रब्यू’


काठमाडाैं, ११ वैशाख : त्रिभुवन विश्वविद्यालयका विद्यार्थी हेम राज थापालाई राहतमा आएकाे खाद्यान्न आफ्नो कोठामा थन्काएर राखेकाे आ’रोप लागेसंगै यसको चौतर्फी आ’लोचना भएको छ ।
कीर्तिपुर नगरपालिकाले एउटा विज्ञप्ति जा’री गर्दै कोठा भाडामा बस्दै आएका विद्यार्थीलाई परेको खाद्यान्न समस्या समाधानका लागि विभिन्न सहयोगी दाताहरुबाट सहयोग स्वरूप आएको राहतको सामग्री कुनै एक विद्यार्थीको कोठाबाट ब’रामद भएको जानकारी दिएको थियो । तर केहि समयमै सामाजिक संजाल भरि वास्तविकता बाहिरीएसंगै हेमराज थापालाई नि’योजित तरिकाले फ’साउन खोजिएको आ’रोप धेरैले लगाएका छन् ।



सामाजिक सञ्जामा धेरै विद्यार्थीहरुले हेमराजले उक्त सामग्री प्राप्त भएको जानकारी केही दिन अगाडि नै जानकारी गरिसकेको फेसबुक पोस्टको स्क्रिनसर्ट राख्दै नगरपालिकाले लगाएको आ’रोपको खण्डन गरेका छन् । उनीहरुका अनुसार नगरपालिकाले वैशाख १० गते विज्ञप्ति जा’री गर्दै खाद्यान्न ब’रामत गरेको जनाएकाे थियाे तर उता विद्यार्थी थापाले भने वैशाख ३ र ७ गते राहत सामग्री प्राप्त गरेको जानकारी दिंदै फेसबुक पोस्ट राखेका थिए ।
त्यस्तै नगरपालिकाको विज्ञप्ति र थापाको काेठामा भेटिएको खाद्यान्नको तस्विर सहित पत्रकार मात्रिका पौडेलले ट्वीट गर्दै कीर्तिपुर स्थित थापाको रुमबाट २२ बोरा चामल, ६ बोरा दाल, ६ कार्टुन तेल बरामद भएको कुरा उल्लेख गरेकाे छन् । यता थापाको फरक मितिमा राखिएका फेसबुक पोस्ट हेर्दा करिब ४६ बोरा चामल तथा तेल, दाल र नुन आफूकहाँ भएको जानकारी गराएका थिए । थापाकाे फेसबुक पाेष्टबाट उनले खाद्यान्न वितरण गरिरहेको र गर्ने क्रममा कोठामा राखिएको देखिन्छ ।
कोठाबाट खाद्यान्न सामग्री ब’रामद भएको खबर बाहिरिएसंगै बेलुका फेसबुकमा लाइभ गर्दै थापाले नगरपालिकाले राहत वितरणको बिषयमा छलफल गर्नुपर्ने भन्दै बोलाएर हातपा’त गरेको बताएका थिए ।
आखिर के भएको थियो ? थापाको फेसबुक लाइभ
कीर्तिपुर राहत प्रकरण बारे एक लहरो भन्दै मस्तमौलाना नामक ट्वीटर ह्यान्डलबाट लेखिएको छ…
कृतिपुर राहत प्रकरण बारे एक लहरो !!
८/१० दिनजति पहिला @Avenues_TV को कोरोना कहर कार्यक्रममा एकजना कृतीपुरका
बिध्यार्थीले फ़ोनगरेर करिब ५०० जाना जति बिद्यार्थीलाइ खाद्द्न्न अभाब भएकाले सहयोगको अपेक्षा गरेर फोन गरे !तत्कालै कार्यक्रम प्रस्तोता शुसिल पाण्डेले त्यहाका मेयर ++++
— मस्तमौलाना (@mastamaulana) April 22, 2020
एभिन्युज टेलिभिजनबाट प्रसारित सामग्रीबारे कीर्तिपुर नगरपालिकाले निकालेको बिज्ञप्ति
सामाजिक सञ्जालबाट विद्यार्थीको धारणा
“किर्तिपुरमा बस्ने हज्जारौं विद्यार्थीहरुको अभिभावक बनेर काम गरिरहेका Hem Raj Thapa लाई यतिबेला फ’साउन खोजिएको छ । सरकारले लकडाउन गरेपछि हातमुख जोर्न धौ धौ भएका विद्यार्थीहरुलाई बिगत केही दिनदेखि राहत बितरण गरिरहेका उनी विद्यार्थीका प्रिय छन । उनी कुन राजनैतिक दलसंग आबद्द छन् भन्दा पनि कस्तो काम गरिरहेका छन् त्यो ठुलो कुरा हो । टि यु मा विद्यार्थीहरुको हरेक समस्यामा जुध्ने हेमराज अरु केही संगठन र केही नाम मात्रका विद्यार्थी नेताका लागि तारो नै भएको थियो । अहिले सत्ता र शक्तिको बलमा उसलाई गिर’फ्तार गरिएको छ ।
शिक्षा ऐनको नवौं संसोधनको वि’रुद्ध माइतीघर मण्डलमा आमरण अनशन बस्दा देखि म उसलाई नजिक बाट चिन्छु ।आम विद्यार्थीको समस्या आफ्नो समस्या ठान्नु उसको समस्या हो । हेमराज थापाको गिर’फ्तारी भनेको हज्जारौं आम विद्यार्थीको गि’रफ्तारी हो । उसले सामाजिक संजाल मार्फत भनेको भनै छ यति सामान आइपुगोको छ, विद्यार्थीहरुलाई समस्या छ भने आउनुहोला भनेर र 2000 बोरा जति त बाँडी पनि सकेकाछन उनले किर्तिपुरमा । विद्यार्थीहरुको एकदमै प्रिय हुँदै गएकोले केही विद्यार्थी संगठनका केही नेतालाई टाउको दु’खेको थ्यो । राहत सामाग्री लुकायो भनेर यै मेसोमा सिध्याउन सकिन्छ कि भनेर केटाहरु लागेका रैछन । यसले उन्लाई झन शसक्त बनाउनेछ ।”