दुई कोरोना संक्रमित निकाे, दुई थपिए


काठमाडौं, ११ वैशाख : आज बिहीबार नेपालमा दुईजना कोरोना भाइरस संक्रमित (काेभिड-१९) थपिएका छन् । जनकपुरमा एकजना र उदयपुरमा एकजना कोरोना संक्रमित भेटिएका हुन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार उदयपुरकी एकजना ५५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी धनुषाको जनकपुरस्थित एकजना १४ वर्षीय किशोरमा पनि कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ।



यससँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ। योसँगै बिहीबारसम्म देशका विभिन्न अस्पतालमा उपचार गर्नेको संख्या ३८ रहेको छ। सबैभन्दा धेरै संक्रमित उदयपुरमा छन्।
८१ र ६५ वर्षीया वृद्धाले कोरोना जितेर घर फर्किए
युरोपियन मुलुकमा कोरोनाबाट सबैभन्दा धेरै ६० वर्ष भन्दामाथि उमेर समूहका धेरैले ज्यान गुमाइरहेका छन्। उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कम’जोर रहेकाले यस्तो तर्क गरिएको छ । तर नेपालमा कोरोना संक्रमित ६० वर्षमाथिका तीनजना वृद्धाले कोरोनालाई जित्न सफल भएका छन् छन्। बिहीबार मात्रै काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने ८१ वर्षीया वृद्धाले कोरोनालाई जितेर घर फर्किएकी छन्।
पाटन अस्पतालको आइसोलेसनमा उपचाररत उनी आफ्ना ५२ वर्षीय छोरोसँगै कोरोनालाई जितेर घर फर्किएकी हुन्। चैत ४ गते बेलायतको लण्डनबाट आएकी उनी, छोरा र बुहारीमा र्यापिड टेस्टमा कोरोना देखिएको थियो । वीरगञ्ज नाकाबाट कैलाली पुगेकी थिइन् कोरोना संक्रमित महिला त्यसपछि भएको पीसीआर परीक्षणमा आमा र छोरालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। तर बुहारीमा भाइरसको संक्रमण देखिएको थिएन। संक्रमण हटेपछि आमा छोरालाई बिहीबार डिस्चार्ज गरिएको छ।

उता सुदूरपश्चिमकी कोरोना संक्रमित वृद्धा पनि कोरोनालाई जितेर घर फर्किएकी छन्। कैलालीको लम्की चुहा नगरपालिका-१ कि ६५ वर्षीय वृद्धा बिहीबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्। उनको पनि लगातार दुई पटक रिपोर्ट ‘नेगेटिभ’ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
उनी वीरगञ्जबाट आएर १२ दिन क्वारेन्टाइनमा बसेकी थिइन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो। यसअघि कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल निको भएर घर फर्किसकेकी छन्। गत शनिबार उनको रिपोर्ट नेगेटिभ आएपछि धवलागिरि अस्पतालले डिस्चार्ज गरेको थियो।
सनसिटी अपार्टमेन्टका कोरोना संक्रमित दुवैजना निको भए योसँगै कोरोना निको भएर घर फिर्नेको संख्या १० पुगेको छ। अब देशका विभिन्न अस्पतालमा ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप-महानगरपालिका ५ का ३४ वर्षीय पुरुष, लम्कीका २१ वर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ वर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्। अब धनगढी उप-महानगरपालिका ५ की ३४ वर्षीय महिला मात्रै सेती अस्पतालको आइसोलेसनमा उपचाररत छिन्। नेपालमा सबैभन्दा धेरै २८ जना कोरोना संक्रमित उदयपुरमा भेटिएका छन्।








