प्रशिक्षक कार्की संकटमा बने सारथी


काठमाडौंं, १२ वैशाख : जीवन प्रशिक्षक तथा समाजसेवी नर बहादुर कार्कीले जाजरकोटबाट पढाइको सिलसिलामा काठमाडौंमा रहेका विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् । अति समस्यमा परेका विद्यार्थीहरुलाई जीवन प्रशिक्षक कार्कीले राहत वितरण गरेका हुन् ।
काठमाडौंको बानेश्वर, कालीमाटी र कीर्तिपुरमा रहेका ३५ जना विद्यार्थीहरुलाई राहत स्वरुप चामल, दाल, नुन र तेल वितरण गरिएको राहत वितरण सहयोगी विनोद थापाले जानकारी दिए ।



प्रशिक्षक कार्कीले आफूले गरेको सहयोग सामान्य रहेकोले यसको प्रचारप्रसार नगर्न आ’ग्रह गरेको छन् । उनले भने, ‘आफ्ना गाउँठाउँका भाइबहिनीहरुलाई सहयोग गर्नु मेरो कर्तव्य हो, यसमा खासै अनौठो कुरा केही छैन् । त्यसकारण यसको प्रचारप्रसार गर्न आवश्यक छैन् ।’
उता राहत पाएका विद्यार्थीहरुले जीवन प्रशिक्षिक कार्कीको निकै प्रशंसा गरेका छन् । जाजरकोट छेडागाड-१२ का डिल्लीराज खत्री’ले भने, ‘स्पीचको माध्यमबाट जीवन जिउने कला सिकाएर मात्रै सघाएनन् कि प्रत्यक्ष रुपमा आएर खाद्यान्न उपलब्ध गराएर जीवन जीउन प्रोत्साहन गरेकोमा धेरैधेरै आभार व्यक्त गर्दछु ।’
अर्का विद्यार्थी छेडागाड-१२ कै भुपेन्द्र रोकायले कार्कीको प्रशंसा गर्दै स्थानीय सरकारको मौनताप्रति आ’पत्ति जनाएका छन् । ‘उ’द्धारका लागि अपिल गर्दा स्थानीय सरकारले जिल्ला बाहिर रहेका विद्यार्थीहरुको बारेमा कुनै चासो राखेन, यस्तो अवस्थामा उहाँको सहयोग अतुलनीय छ ।’
नेपाल सरकारले बैंकहरूबाट चेक साट्ने, रकम पठाउन र झिक्न मिल्ने व्यवस्था नगरेका कारण आफूहरु निकै समस्यामा परेको बेला राहत पाएको शिवालय- २, का सुरज जिसीले बताए । उनले भने, ‘यसै पनि गाउँघरतिर बैंक र आइएमईको पहुँच कम छ, लकडाउनले गर्दा हामीलाई घरदेखी पैसा पठाउन सकेका छैनन्, हामी निकै समस्यामा परेको बेला राहत पायौं, यो भन्दा ज्यादा खुशी के हुन् सक्छ !’
जिसीले थपे, ‘संक’टको घ’डीमा हाम्रो कोठाकोठा पुगेर राहत पुर्याएर समस्या समाधान गरिदिनु भएकोमा दाइ नरबहादुर कार्कीप्रति निकै आभारी छौँ ।’
उक्त राहत वितरणमा संगम पब्लिकेशनले पनि सहयो गरेको थियो ।
संसारभर म’हामारीको रुप लिइरहेको कोरोनाले प्राय: ठूला देशहरुलाई आ’क्रान्त पारेको छ । यसको त्रा’स विश्वभरी नै छ । नेपालले पनि यहीँ त्रा’सका बीच लकडाउनलाई आत्मा गरेको छ । यहीँ लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने र पढ्ने विद्यार्थीहरुलाई स’कस भएको छ ।