ने .वि. संघद्वारा डडेल्धुरामा अध्यादेशको विरोध प्रदर्शन
डडेल्धुरा, १२ बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले सरकारले ल्याएका अध्यादेशको बिरोधमा डडेल्धुरामा प्रदर्शन गरेको छ । नेबिसंघ डडेल्धुराले शुक्रवार बिहान ९:३० बजेबाट १० मिनेट डडेल्धुराको तुफानडाँडा चोकमा बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।
नेपाल विध्यार्थी संघ केन्द्रीय समितिको निर्देशन अनुसार डडेल्धुररा पनि सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै प्रदर्शन गरिएको जानकारी नेपाल विध्यार्थी संघ डडेल्धुराका जिल्ला सदस्य तथा बिद्यार्थी नेता लाल बहादुर बि.क.ले जानकारी दिए । उनका अनुसार ५/५ जनाले सामाजिक दूरी कायम गरेर कालो झण्डासहित नेबिसंघ डडेल्धुराले प्रदर्शन गरेको हो ।
हामीले सामाजिक दूरी कायम गरेर एक ठाउँमा मात्र पाँच जना एक(एक मिटरको दूरीमा उभिएर प्रदर्शन गरेका डडेल्धुरा बहुमुखि क्याम्पसका स्ववियु सभापति जगत ऐरले बताए । नेबिसंघ ले ठाउँ ठाउँमा यसरी प्रदर्शन गरेर बिधेयक फिर्ताको माग गरेका नेबिसंघ डडेल्धुराले जनाएको छ।