प्रदेश न. १ मा २८ जना कोरोना संक्रमित: विश्वमा ज्यान गुमाउनेको संख्या २ लाखकाे नजिक


विराटनगर, वैशाख : प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको अनुसार प्रदेश न. १ मा हालसम्म २८ जना कोरोना सङ्मित देखिएका छन् । सङ्क्रमितहरुमा २६ पुरुष र २ महिला रहेको कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।
नेपाली नागरिकमध्ये चार मोरङका, ११ उदयपुर त्रियुगाका, तीन भूल्केका र एक सप्तरीका छन् । उनिहरुको प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ भने सङ्क्रमितको अवस्था सामान्य रहेको छ ।



प्रदेश १ मा ४ हजार ८ सय १३ को कोरोना परीक्षण भएको छ । पिसीआर विधिबाट ८८४ को र दू्रत परीक्षण विधि (आरडिटी) बाट बिहीबारसम्म जम्मा ३ हजार ९२९ को नमूना परीक्षण गरिएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल एक हजार ९२ पुगेको छ । २४ पुरुष डिस्चार्ज भएका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको नि’गरानीमा ३० जना छन् भने १० जना डिस्चार्ज भएका छन् ।
होम क्वारेन्टाइनमा जम्मा ४ हजार ९ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । होम क्वारेन्टाइनमा बस्नेमा महिला ७९४ र पुरुष ४ हजार १ सय १६ छन् ।
हाल समाचार तयार पार्दा सम्मा बिश्ववमा २७३६१८२ मध्य १९१४२३ भन्दा बढीकोको मृ’त्यु भइसकेको छ। जस मध्य सबै भन्दा बढी ५०२४३ जना अमेरिकी हरुले ज्यान गुमाएका छन।