सुदूरपश्चिम सरकार आफैँले गरेका निर्णय का’र्यान्वयन गर्न असफल

धनगढी, १२ वैशाख : विश्वव्यापी म’हामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नागरिकलाई जोगाउन चैत ११ गते नेपाल लकडाउन गरियो। सोहीदिन सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बै’ठक बसेको थियो।

मन्त्रीपरिषदको निर्णयको एक नम्बर बुँदामा सुदूरपश्चिममा कोरोना भाइरसको सं’क्रमण, रो’कथाम, जो’खिम न्यू’निकरण, आवश्यक ठाउँमा प्रि–फ्याव आइसोलेसन बेडसहितको भवन व्यवस्थापन, उपचार र आ’पतकालिन व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयलाई ११ करोड ५० लाखको अख्तियारी दिने नि’र्णय गरिएको छ।

यस्तै कोरोना भाइरसको रो’कथामका लागि जा’री गरिएको लकडाउनपछि सुदूरपश्चिम सरकार आफैँले गरेका दर्जनौ नि’र्णय का’र्यान्वयन गर्न असफल भएको छ। लकडाउनपछि चार पटक बसेको मन्त्रीपरिषद्को बै’ठकमा दर्जनौ नि’र्णय भएका छन् । तर लकडाउनको एक महिना बितिसक्दा समेत अहिलेसम्म अधिकासं नि’र्णय का’र्यान्वयनको चरणमा गएका छैनन्।

नि’र्णयको दोस्रो नम्बरमा स्थानीय तहहरुलाई कोरोना रो’कथाम, जो’खिम नि’यन्त्रण, क्वारेन्टाईन व्यवस्थापनका लागि उप–महानगरपालिकालाई पाँच, नगरपालिकालाई चार र गाउँपालिकालाई तीन लाखको अनुदान दिने नि’र्णय गरिएको छ। तेस्रो नम्बरमा भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, चौथोमा अत्यावश्यक सेवा सञ्चालन भए/नभएको अ’नुगमन गर्ने र पाँचौमा सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रीपरिषदको एक महिनाको पारिश्रमीक रकम क’ट्टा गर्ने नि’र्णय भएको छ। तर अधिकांस यी नि’र्णयहरु का’र्यान्वयन भएका छनैन्।

प्रदेशको मन्त्रीपरिषदको चैत १५ गतेको बैठकमा पनि दुई नि’र्णय भएका छन्। नि’र्णयको दोस्रो नम्बरको ‘घ’ मा प्रदेशको सेती प्रादेशिक अस्पतालसंगै डोटी र बैतडीमा प्रयोगशाला स्थापना गर्न नि’र्णय भएको छ। तर प्रयो’गशाला स्थापनाका लागि समय लाग्ने देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले बताएको छ। मन्त्रालयका स्वास्थ्य म’हाशाखा प्रमुख सुरेन्द्र कार्कीले प्रयो’गशाला शुन्यबाट सुरु गर्नुपर्ने देखिएकाले समय लाग्ने बताए।

सोहि नि’र्णयको (ङ) मा नीजि स्वास्थ्य संस्था संस्थाहरुसंग सम’न्वयन गर्ने भनिएको थियो। तर यो नि’र्णय पनि का’र्यान्वयन भएको देखिएको छैन्। कोरोना बि’रुद्दको ल’डाइमा नीजि स्वास्थ्य संस्थाका योगदान देखिएको छैन्। यस्तै गत चैत २७ गतेको मन्त्रीपरिषदको निर्णयको ५ को (ग) मा सुर’क्षाकर्मीका रलागि व्याक्तिगत सु’रक्षा सामाग्रीको व्यवस्था गर्ने उल्लेख गरिएको छ। (घ) मा बझाङ, बाजुरा, डोटी, अछाम, डडेल्धुरा, दार्चुला र बैतडी दुईरदुई थान र सेती र महाकाली अस्प’तालमा तीनरतीन थान भेन्टिलेटर मेसिन खरिद गर्ने नि’र्णय भएको छ। तर ती नि’र्णय पनि का’र्यान्वयन भएका छैनन्।

सामाजिक विकास मन्त्रालयका स्वास्थय म’हाशाखा प्रमुख कार्कीले भेन्टिलेटर मेसिन खरिदको प्रक्रियामा रहेको बताए। उनले सामाजिक विकास मन्त्रालयको दाहित्वमा रहेका निर्णयहरु कार्यान्वयनको चरणमा रहेको दावी गर्छन।

यसैगरी कोरोना बि’रुद्दको ल’डाइमा आवश्यक उपकरण खरिद तथा जडान, क्वारेन्टाइन तथा आइसोलेसन कक्षको व्यवस्थापन लगायतका मन्त्रीपरिषदका नि’र्णयहरु का’र्यान्वयन भएका छैनन्। तर प्रदेश सरकारले भने नि’र्णयहरु का’र्यान्वयनको चरणमा रहेको दा’वी गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सूचना अधिकारी जगदिश जोशीले नि’र्णयहरु का’र्यान्वयनको चरणमा रहेको बताएका छन्।

सम्बन्धित खवर

Back to top button