सेती प्राविधिक शिक्षालयका प्रमुखको चर्तिकला, निवास वरिपरि मदिराका बोतलै बोतल


डोटी, १२ बैशाख : प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् अन्तर्गत सञ्चालित आंगिक शिक्षालयको रुपमा रहेको सेती प्राविधिक शिक्षालय दिपायल परिसरमा रहेका बोटविरुवाहरु तथा रुखहरु काटिएको छ। गोप्य स्रोतबाट चैत्र महिनाको दोस्रोहप्ता मात्रै शिक्षालय प्रमुखमा नियुक्त भईआएका शिक्षालय प्रमुख बिरेन्द्र बाबू यादवको ठाडो निर्देशनमा रुखहरु काटिएको हो ।
शिक्षालय प्रवेसद्वारबाटै शिक्षालय वरिपरि भएका बोटविरुवाहरु काटिएको छ । शिक्षालय भित्रको मैदान, प्रवेश गर्ने बाटो वरपर, कार्यालय प्रमुखको निवास वरपरका केही रुखहरु, वोटाहरु काटिएको जनाईएको छ । केहि वोटाहरु फेदबाटै काटिएका छन भने केही आधिभागबाट काटिएका थिए । शिक्षालयको सुरक्षाका लागि राखिएका कर्मचारी (सुरक्षा गार्ड) लाई वोटा काटछाटमा खटाईएको रहेछ ।



उनले घाँसका रुख र कार्यालय परिसरमा भएका केही वोटाहरु छेकिएको बताए । शिक्षालयको व्यवस्थापन समितिको संयोजक डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने प्राबधान छ । सरकारी जमिनमा भएका रुखहरु काट्न जिल्ला वन कार्यालय मार्फत विभागबाट अनुमती लिनुपर्ने हुन्छ । तर शिक्षालय प्रमुखले आफु शिक्षलय प्रमुख भएका कारण, सानातिना वोटविरुवाहरु काट्न छेक्न कसै संग सल्लाह, सोधपुछ र अनुमति नलिनु पर्ने बताए ।
नियुक्त भएको एक महिना मै शिक्षालय प्रमुखले बोटविरुवा माथी प्रहार :
सेती प्राविधिक शिक्षालयमा आएको एक महिना नपुग्दै नव नियुक्त शिक्षालय प्रमुख बिरेन्द्र बाबू यादवले बोटबिरुवाहरु काटछाटमा तिव्रता दिएका छन् । काटछाँटका नाममा वोट विरुवाहरु नस्ट नै हुने गरेर काटिएको छ । शिक्षालयलाई खूल्ला बनाएर पढाउँने उनको लक्ष छ । अझै पनि जंगल जस्तै बनेका धेरै बोटविरुवाहरु काँटछाँट गर्ने तयारी रहेको उनले बताए । कक्षा कोठाना लाइट नै नपर्ने भएकाले बोटविरुवाहरु काटेपछि लाइट पर्ने र पठनपाठानमा सहजहुने उनको बुझाई छ । उनी प्रश्न गर्छन बोट विरुवा रुखहरु ढलेर बिद्यार्थीलाई चोटपटक लागे त्यसको जिम्मेबारी कस्ले लिन्छ । शिक्षालय भित्रै विगत देखि नै सुकेर रहेका दर्जनौं रुखहरु छन् । तिनको काँटछाँटको लागि भने कुनै पहल भएको छैन । बषौं देखी सुकेर रहेका रुखहरु काट्न प्रक्रियागत तयारी भैरहेको शिक्षालय प्रमुख यादवले बताए । आएदेखी लकडाउनमा परेका कारण धेरै काम गर्न नपाएको उनि बताउँछन् ।
शिक्षालय प्रमुखको कर्मचारीलाई दुःख दिने नियत :
शिक्षालय प्रमुख यादवले लकडाउनका कारण कर्मचारीहरु त्यसै बसेको भन्दै जथाभावी काम लगाउन बोटविरुवाहरु काट्न लागएको स्रोत बताउँछ । स्रोतले कर्मचारीलाई दुःख दिने नियतका साथ शिक्षालय प्रमुखबाट यस्तो हर्कत भएको बतायो । कर्मचारीहरु गर्मि महिनामा सतिलता दिने रुखहरु विना कारण काटिएको बताउँछन् । बोट विरुवाहरु काटिए पछि शिक्षालय परिसर नाङ्गै जस्तो देखिएको छ । यादव खाली बस्नु भन्दा एक्सरसाइज पनि हुन्छ । दुईचार घण्टा काम पनि हुन्छ भन्दै लकडाउनका बेला काम गर्न लगाएको बताउँछन् ।
सुरक्षा गार्ड शिक्षालयको सुरक्षाका लागि मात्रै खटिने भए पनि उनिहरुलाई रुख काट्ने, घाँसका हांगा काट्ने, पात हटाउँने जस्ता कार्यमा लगाइएने गरेको छ । बिहीबार पत्रकारको टोली जाँदा महिला सुरक्षकर्मी लगायतका केही महिला कर्मचारी काटीएका रुखका हाँगा र पात व्यवस्थापनमा व्यवस्त थिए । यसबाट शिक्षालय प्रमुखले कर्मचारीलाई दुःख दिने, त्रास देखाउँने आफ्नो हैकम देखाउँने जस्तो नियति प्रष्ट देखिन्छ ।
मदिराका बोतल निवास वरिपरि छताछुल्ल :
लकडाउन पछि धेरै जसो कर्मचारी र बिद्यार्थीहरु बिदामा गए पनि केही कर्मचारी निवासमै वस्ने गरेका छन् । निवासको वरपर मदिराका सिसाका बोतलहरु छताछुल्ल फालिएको देख्न पाइन्छ । बिहीबार पत्रकारहरुको टोली जाँदा शिक्षालय प्रमुखको निवास नजिकै बाटो तिरको साइडमा दर्जनौं मदिराका बोतलहरु छताछुल्ल अवस्था फालिएको थियो । मदिरा ल्याउन कार्यालयको गाडी समेत प्रयोग गरिने गरेको शिक्षालय नजिकमा बासिन्दाहरु तथा स्थानियहरुको भनाइ छ ।
शिक्षालय प्रमुखले तत्काल त्यस्को व्यवस्थापन गर्न नसकिएको बताउँदै छिटै त्यहाँबाट मदिराका बोतलहरु हटाउँने बताए । उनले ति बोतलहरु आफुभन्दा पहिलाका कर्मचारीले फालेको जिकिर गरे । स्रोतका अनुसार शैक्षिक गतिबिधिबारे कुनै सहकार्य नै नहुँन पाउँदै शिक्षालय प्रमुख संग कर्मचारीको मनमुटाव सुरु भैसकेको छ । प्रमुखको ठाडो भाषा र निर्देनले कर्मचारीहरुमा सन्त्रास छाएको छ । शिक्षालय भित्रको सुरुवाती विवाद हेर्दा शिक्षालय उच्च विवादमा तानिने छाँटकाँट देखिन्छ ।








