‘महेश बस्नेत माथी छा’नविन गरि का’रवाही गर्नुपर्छ’-भीम रावल 

काठमाडौं : पूर्व मन्त्री तथा नेकपाका प्रभावशाली नेता भीम रावलले नेकपाका अर्का नेता महेश बस्नेतलाई का’रवाही गर्न मा’ग गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुन्ने, अप’हरण शैलीमा तराईबाट काठमाडौंमा ल्याउनेलाई छानविन गरि का’र्वाही गर्नुपर्ने माग गरेका हुन् ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहेका संघीय सांसद महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनाल माथी सांसद अप’हरणको आ’रोप संघीय समाजवादी पार्टीले लगाईरहेको छ ।

समाजवादीले आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई जनकपुरबाट अप’हरण गरि काठमाडौं ल्याएर नक्सालस्थित होटल मेरियटमा राखेको आ’रोप लगाएको हो । समाजवादीले बस्नेत, श्रेष्ठ र खनालले आफ्ना सांसदलाई जनकपुरबाट ज’बरजस्ति काठमाडौं ल्याएर होटलमा थुनेको आ’रोप लगाएको हो ।

यहीँ विषयमा भीम रावलले कडा टिप्पणी गरेका हुन् । यस्ताे छ उनले गरेकाे ट्विट :
“सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।”

सम्बन्धित खवर

Back to top button