लकडाउनको आगामी मोडल थ्री ‘टी’: ५० हजार टेस्ट पछि मात्रै लकडाउनको मोडल निर्धारण


काठमान्डौं १३ बैशाख : थ्य तथा जनसंख्या मन्त्रालयका आपतकालीन व्यवस्थापन महाशाखाका प्रमुख डाक्टर गुणराज लोहनीका अनुसार लकडाउनको मोडल कस्तो हुन्छ भन्ने आगामी दिनहरूमा हुने टेस्ट, ट्रेसिङ र ट्रान्समिसन थ्री टी ले निर्धारण गर्ने बताएका छन् ।
लकडाउन निर्धारणका लागि टेस्ट र ट्रेसिङसँगै कोरोना संक्रमणको ट्रान्समिसनका आधारलाई पनि हेरिनेछ । कम्युनिटी ट्रान्समिसन अर्थात् समुदायस्तरमा संक्रमण देखियो भने लकडाउन झन् कडा गर्नुपर्ने हुन्छ



उनकाअनुसार अबका केही दिन कोभिड–१९ को परीक्षण दैनिक १५ सय पुर्याइनेछ । शुक्रबार मात्र प्रदेश २ का सबै जिल्लामा गरी करिब १५२० नमुना संकलन गर्न छ वटा टोली काठमाडौंबाट पठाएको छ । बारा र पर्साका लागि एक टोली, धनुषा र महोत्तरीका लागि एक र बाँकी ६ जिल्ला रौतहट, सर्लाही सिराहा, सप्तरीका लागि एक—एक टोली हिँडेको हो ।
टोलीमा स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका ल्याब टेक्निसियन छन् ।
उनीहरूले प्रदेश–२ मा रहेका मस्जिदका जमाती समूह, बाहिरबाट आएर क्वारेन्टाइनमा बसेकाहरू र कोभिड–१९ का आशंकित व्यक्तिहरूको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षणका लागि धरान, विराटनगर, हेटौंडा, चितवन र काठमाडौंको ल्याबमा पठाउने छन् ।
यसरी संकलन गरिएको नमुनाको नजिताले लकडाउन रणनीति तय गर्न मद्दत गर्ने मन्त्रालयको विश्वास छ । डाक्टर लोहनी भन्छन्, ‘हाम्रो योजना पार्सियल लकडाउन नै हो, तर त्यसका लागि पनि प्रदेशस्तरीय केही रिजल्टहरू कुर्नुपर्छ ।’
डाक्टर लोहनीका अनुसार अहिले सम्भावित जोखिम क्षेत्रमा प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशलाई लिइएको छ । र, तीन वटै प्रदेशको दैनिक समीक्षा भइरहेको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले पनि पछिल्लो टेस्ट, त्यसमा पोजेटिभ आएकाहरुको कन्ट्याक ट्रेसिङ र टेष्ट गरेर मात्र सेफ जोन मार्किङ गर्ने तयारी भइरहेको छ । उनले अनलाइनखबरसँग भने, ‘५० हजार पीसीआर टेस्टको नतिजा आएपछि लकडाउनको एउटा मोडल निर्धारण हुन्छ ।’
लकडाउन निर्धारणका लागि टेस्ट र ट्रेसिङसँगै कोरोना संक्रमणको ट्रान्समिसनका आधारलाई पनि हेरिनेछ ।
स्वास्थ्य जानकारहरुका अनुसार तत्कालै लकडाउन खुकुलो पार्नु उचित नहुने बताउछन।








