कोरोनाबाट ज्यान नगुमाएका १० एसियाली राष्ट्रहरू कुनकुन हुन।

बैशाख १३ एजेन्सी : विश्वव्यापी फैलिरहेको कोरोना भाइरसका कारण विश्वमा एक लाख ९७ हजारभन्दा बढीको ज्यान गइसकेको भए पनि १० एसियाली राष्ट्रहरूमा हाल साम्मा एक जनाको पानि ज्यान गएको छैन।

अमेरिकामा मात्र ५२ हजारभन्दा बढीको ज्यान गइसक्दा पूरै एसियामा १६ हजार मानिसको ज्यान गएको छ। कोरोना भाइरस अर्थात् कोभिड –१९ को उद्गम थलो चीनमा ४ हजार ६ सय बढीको ज्यान गएपनि चीनमा मृत्युदर निकै घटेको छ।

विश्वको सबैभन्दा बढी जसंख्या भएको देश चीनमा यो मृत्युदर अब सामान्य बन्दै गएको छ। किनकि चीनमा कोरोना संक्रमणका नयाँ बिरामी औंलामा गनिने गरी मात्र देखापरेका छन्। चीनमा उहान आसपासका केही ठाउँमा मात्र देखिएको कोरोना संक्रमणका नयाँ र गम्भीर खालका बिरामी अब छैनन् भन्दा पनि हुन्छ। 

त्यस्तै एसियाको इरानमा साढे ५ हजार मानिसको मृत्यु भइसकेको छ। इरानमा करिब ६७ हजार मानिसले कोरोना संक्रमण जितेका छन्। हाल इरानमा ३ हजार मानिस मात्र कोरोना संक्रमणको नाजुक अवस्थामा छन्। 

तर अर्को एसियाली मुलुक टर्कीमा भने कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। युरोपको छिमेमी देश टर्कीमा हालसम्म १ लाख ४ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ। ज्यान गुमाउनेको संख्या २ हजार ६ सय नाघेको छ। 

एसियाली राष्ट्रहरुमा १६ हजार ६ सय मानिसले कोरोना भाइरसका कारण ज्यान गुमाइसकेका छन्। जसमध्ये चीन र इरानमा मात्र १० हजारभन्दा बढीको मृत्यु भएको छ। 

तर एसियामा यस्ता देश पनि छन् जहाँ एक जना मानिसको पनि कोरोना संक्रमणका कारण ज्यान गएको छैन। विश्वभर तीव्र गतिमा फैलिरहेको यो भाइरसका नयाँ संक्रमितहरु पनि ती देशमा सीमित संख्यामा देखिएका छन्। खासगरी दक्षिण र मध्य एसियाका कतिपय राष्ट्रमा कोरोना संक्रमणको दर निकै कम छ। 

माल्दिभ्स, कम्बोडिया, मकाउ, नेपाल, मंगोलिया, टिमोर लिस्टे, लाओस, भुटान र यमनमा हालसम्म एक जनाको पनि कोरोना संक्रमणकै कारण निधन भएको छैन। यी १० मध्ये भियतनाममा हालसम्म २ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ। तर २ सय २० जना त उपचारपछि निको भइसकेका छन्।

त्यस्तै माल्दिभ्समा १ सय २९ जनामा यो रोगको संक्रमण भए पनि त्यहाँ एक जनाको पनि मृत्यु भएको छैन। त्यस्तै अर्को एसियाली राष्ट्र कम्बोडियामा १ सय २२ जनामा संक्रमण देखिए पनि १ सय १७ जना त उपचारपछि निको भइसकेका छन्। 

नेपालमा पनि हालसम्म ४९ जनामा यो रोगको संक्रमण देखिइसकेको छ। सँगै उपचारपछि ११ जना निको भइसकेका छन्। त्यस्तै यमना हालसम्म एक जनामा मात्र कोरोना संक्रमण देखिए पनि उपचारपछि निको भइसकेको छ। प्रभाकारी ढुङ्गले रहात बितरण
र बिषेश गरि भारतिय सिमानाकामा कडाइ गरि लकडाउन अझै केहि दिन बढाउने हो भने नेपाल यो महामारीबाट जोगिन सक्ने छ। अन्यथा गरिब राष्ट्रहरुले लापरवाही गरे गम्भीर संकट अाउने विश्व स्वास्थ्य संगठनले चेताउनी दिदैं आएको छ।

सम्बन्धित खवर

Back to top button