कोरोना लागेकाहरूलाइ पुन कोरोना लाग्छ की लाग्दैन?

काठमाडौँ बैशाख १३ : — विश्वभर शनिबार बिहानसम्म संक्रमितको संख्या करिब २८ लाख पुगिसक्दा निको हुनेको संख्या झन्डै ८ लाख मात्रै छ भने मृ’त्यु हुनेको संख्या करिब २ लाख पुग्न लागिसकेको अवस्थामा सर्बसाधारणमा अर्को कौतुहलता जागेको छ के एकपटक संक्रमित ब्यक्तिलाइ पुन लाग्छ भन्ने । यस कौतुहलतालाइ बिभिन्न मेडिकल जानकारीहरूले मेटाउने प्रयास गरिरहेका छन।

कोरोना भाइरसको संक्रमण विश्वको सबै ठाउँमा पुगिरहँदा यसको रोकथाम तथा नियन्त्रण कसरी होला भन्ने सबैको चासो रहेको छ। विश्वका ठूला राष्ट्रहरुले विभिन्न अनुसन्धान तथा अध्ययन गरिरहेका छन्। अमेरिका, बेलायतलगायतका देशहरुले खोप र औषधिहरु परीक्षण गरिरहेका छन्।

निको भइसेकाकालाई कोरोना संक्रमण हुन सक्छ या सक्दैन भन्ने विषयमा विभिन्न अध्ययनहरु भएका छन् तर यथेष्ट प्रमाण भने भेटिएका छैनन्। अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजका निर्देशक एन्थोनी फौसीले एक पत्रिकासँगको अन्तर्वातामा भनेका छन्, ‘जो मानिस कोभिड १९ बाट निको भइसकेका छन् उनीहरुमा सामान्तया केही महिनासम्म रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुनुपर्छ।’

अनुसन्धानकर्ता तथा जनस्वास्थ्य अधिकारीहरु अझै पनि सार्स भाइरसविरुद्ध मानिसको रोग प्रतिरोधात्मक क्षमताले कस्तो प्रतिक्रिया दियो र कोभिड–१९ बाट निको हुँदा दिगो रुपमा रोग प्रतिरक्षा प्रणाली विकसित हुन्छ या हुन्न भन्नेमा अनभिज्ञ छन्।

केही समय पहिले दक्षिण कोरियाली एक रिपोर्टका अनुसार कोरोना संक्रमित भएर निको भएकालाई पनि फेरि पछि कोरोनाकै लक्षणहरु देखा परेको थियो। त्यसैगरी कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको वुहानमा पनि पुन: संक्रमण देखिएको भन्ने खबर आएका थिए। साउथ चाइना मोर्निङ पोस्टका अनुसार १० प्रतिशतसम्म परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएकामा पनि चीनमा पुन: संक्रमण देखिएको थियो। तर वैज्ञानिकहरुका अनुसार भाइरस पुन: देखिनु असम्भाव्य हो।

मेडिकल न्‍युज टुडेका अनुसार यिनिहरुलाई किन दोस्रोपटक कोरोना पोजिटिभ देखियो भन्न कठिन छ। जहाँसम्म सम्भावनाको कुरा गर्ने हो भने लक्षणहरु देखिन छाडिसकेपछि पनि शरीरमा डिटेक्टेबल मात्रामा भाइरसहरु रहन सक्छ।

विश्व स्वास्थय संगठनले अहिलेसम्म निको भइसकेकोलाई पनि किन संक्रमण देखिन सक्छ वा सकिँदैन भन्ने कुनै ठोस प्रमाण नभेटिएको जनाएको छ। छिट्टै पुन: संक्रमण किन भएको भन्ने बारेमा बुझ्‍न धेरै समय तथा अध्ययन चाहिने बताएका छन्। संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी भन्छन्, ‘कोरोना नेगेटिभ पाइएकाहरुले छिट्नै नै पोजिटिभ टेस्ट देखिएको भन्ने यकिन जानकारी छैन, यसका बारेमा अझै धेरै अध्ययन आवश्यक देखिन्छ।’

सम्बन्धित खवर

Back to top button