स्थानिय निकायाका बिरूद्धमा नाराबाजी , सुरक्षाकर्मी उच्च जोखिममा ,भोज भतेर कायमै


कोहलपुर १३ बैशाख : आफुहरुले रहात नपाएको भन्दै कोहलपुरमा आज ठुलो जनसमुहले नारा जुलुस गर्दै ११ नं वडा कार्यालय कोहलपुर घेराउ सहित बजार परिक्रमण गरेको छ। कामगरेर सँझ बिहाना छाक टारिरहेको गरिब सुकुम्बासी जनतालाइ महिना दिनसम्मा कुनै वास्तानै नगरी बारम्बार आसमात्र देखाएर उल्टै नागारिकता चहिने र तेस्कको फोटोकपी गर्न भन्दै प्रतिव्यक्ति रु २० रुपैयाँका दरले फोटोकपी बपत भनि टोलबाट १२ हजार साम्मा लगेको तथा राजनिति पहुजका आधारमा अन्य सम्पन्न समुदायमा दोहोर्याईकन राहात बितरण गेरोको आरोप लगाएकाछन्। कोहलपुर ११ नयाँ बस्तिका महिलाहरुको उक्त समुहले राज्यको ढुकुटी बाट भए पनि जनतालाई जोगाउनु पर्ने यस शंकट कालिन अवस्थामा दाताहरूको सहयोग पनि छिटोछरितो र न्यायिक तरिकाले बितरण गर्न नसकेको भनि आक्रोश पोख्दै इलाका प्रहरी कार्यालय साम्म पुगेका हुन।
यसर्थ असुरक्षितढंगले डियुटी गरिरहेका र लकडाउनमा पनि कार्यालयमा दिनहु मान्छेहरुको आवात जावतलाइ थेगिरहेका सुरक्षा कर्मीहरूलाई समेत यस्तो हुलहालको सामाना गर्नुपर्दा सुरक्षाकर्मीहरु स्वयम कोरोना संकरमणको उच्च जोखिममा रहेको देखिन्छ।



हालसम्म कोहलपुरमा कुनै संक्रमण नदेखिएता
पनि कोहोलपुर कोरोनाको उच्च जोखिममा रहेको जानकारहरुले औल्याउन थालिसकेका छन।
भारतिय सिमा नाका र पुर्व, पश्चिम एंव देशैभरीका नागरिहरुो आवतजावतको मुख्य प्रवेशद्वार भएकोले पनि सावधानी अपनाउनुु पर्नेमा सुरुदेखि नै सबै तिरबाट लापरवाही गरिदै आएको छ ।
यता कोहलपुर नगरपालिका मताहातका सबै वडाकार्यालयहरु राहात बितरण र नागरिकको उद्धार तथा ब्यबस्थापनमा बेस्त छन भनिरहदा यस्तो नारा जुलूससुरु हुन र उता कोहलपुर चौराहमा लामो समय देखि नागरिक साहेतामा जुटिरहेको निजि क्षेत्रको टिमले सरकारी कामकाज र ढिलासुस्तीको प्रष्ट उजागर गरेको देखिन्छ।
चौराहमा सरकारी बेवास्ताका कारण अलपत्र ढुङ्गले भोगभोगै हिडिरहेका नागारिहरुको खानपिनमा उधोग बाणिज्य संघ कोहलपुरका प्रजातान्त्रिक समुहको चुनावी प्यानल सहित र स्थानिय समाजसेबीहरु दिनहु जुटिरहेका छन। भने निजी क्षेत्रका बिध्यालयहरुले बाँके जिल्लाको सिमानाका सम्मा पुर्याउन स्कुल बसहरुको सहयोग गरेका छन। तेस्तै चौराहामा नगरपालिकाको हेल्थडेस्क पनि रहेको छ।
सरकार आफैले चाहे दुइदिन मै सबै ठाउँका नगरिकहरुलाइ उद्दार गरि घरसम्मा पुर्याउनसक्ने र सो कर्त्तव्य भएतापनि दिन दुखि गरिबहरुमाथिको लापरवाही , समाजिक अभियान्ताहरु माथिको निषेध, धरपकड र एकद्वावार प्रणालिको असहजताले सरकारी साख गिर्दोरहेको चर्चा भने हुनथालेको छ।
यस्तो अवस्थामा सरकार, स्थानिय निकाय एवं सम्बद्ध
सबै क्षेत्र आरोप प्रत्यारोको प्रबाह नगरी जनताको मागको सुनवाइमा अबिलम्ब लाग्न जरुरी छ अन्यथा रोगफैलिने सम्भावना कोहलपुरमा उच्च रहेको देखिन्छ।








