दक्षिणकालीको दर्शन गरी जान्नुहोस् तपाईंको आइतबार

आजको पञ्चाङ्ग वि.सं.२०७७वैशाख १४ गते आइतवार । ई.सं.२०२० अप्रिल-२६ । शक संवत्-१९४२ । नेपाल संवत्-११४०। बछलाथ्व, वैशाख शुक्लपक्ष । तृतीया, ११:४० उप्रान्त चतुर्थी ।

तपाईंको आफ्नो राशीफल कस्तो छ ? एक मिनेट समय मिलाएर पढ्नुहोस् । जहाँ हुनुहुन्छ स्वस्थ्य रहनुहोस्, मस्त रहनुहोस् । अनावश्यक घरबाहिर ननिस्कनुहोस् । तपाईको दिन शुभ रहोस् ।

मेष : स्वास्थयमा समस्या देखिन सक्छ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।वैदेशिक यात्राको योग छ । अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ ।

बृष : मिष्ठान्न भोजन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ । आफन्तबाट साथ सहयोग मिल्नेछ ।

मिथुन : मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर(छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।स्वास्थ्यमा समस्या देखिनेछ । प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ ।

कर्कट : अनावश्यक झमेलामा फसिने सम्भावना छ । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा मनग्गे फाइदा हुनेछ।मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह : व्यापारमा हानी हुने योग छ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त हुनेछ।राजनीतिमा शुभ देखिन्छ । आकस्मिक धनमालको लाभ हुने योग छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ ।

कन्या : धार्मिक कार्यमा मन लाग्नेछ । अस्वस्थताले काममा जुट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम पनि रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्।लामो दूरीको यात्रा नगर्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला ।

तुला : निर्णय लिन द्विविधा होला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक : पारिवारिक साथ सहयोग मिल्नेछ । खर्च लागे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। केही विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। शुभचिन्तकसँगको सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुहोला। भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु : नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

मकर : चोटपटक लाग्न सक्छ । छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ :प्रेम सफल हुनेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ ।

मीन : बोलीको प्रभाव बढ्ला । बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। जागिरमा पदोन्नतिको हुने सम्भावना छ । सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ ।

सम्बन्धित खवर

Back to top button