एघार जिल्लामा कोरोना संक्रमित भेटिए, सबैभन्दा धेरै प्रदेश एकमा

काठमाडौं, १४ बैशाख : नेपालमा सबैभन्दा पहिले गत माघ ९ गते चीनको वुहानबाट अध्ययन गरेर आएका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। गएको तीन महिनामा नेपालमा हालसम्म ५१ जनामा कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ।

कोरोनाको आशंकामा नेपालमा हालसम्म परीक्षण हुनेको संख्या ४९ हजार ३ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताए अनुसार जसमा ९ हजार ६ सय ६६ जनाको पिसिआर र ३९ हजार ६ सय ७० जनाको आरडिटीबाट परीक्षण भएको छ।

पछिल्लो तीन महिनामा नेपालमा हाल सम्म ११ जिल्लामा कोरोना संक्रमित देखिएका छन्। जसमा सबैभन्दा बढी उदयपूरमा संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयको तथ्याङकमा उल्लेख छ। संक्रमण देखिएको तीन महिनाको अवधिमा नेपालमा ५१ जना संक्रमितमध्ये सबैभन्दा धेरै उदयपुरमा २८ जना छन्। उदयपुरमा स्थानीय संक्रमण भएको विज्ञहरुले बताइरहेकका छन्।

कुन जिल्लामा कति संक्रमितरु:

सरकारको पछिल्लो तथ्याङ्क अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित भएको जिल्ला एक नम्बर प्रदेशको उदयपुर हो। उदयपुरमा हालसमम २८ जना संक्रमित भेटिएका छन्। प्रदेश १ को झापामा १ र भोजपुरमा १ जना संक्रमित भेटिएका छन्। प्रदेश २ को रौतहटमा १, पर्सामा ५ र सर्लाहीमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ।

बागमती प्रदेशको काठमाडौंमा ५ र चितवनमा २ जनामा कोरोना संक्रमण भेटिएको छ। काठमाडौंमा ५ मध्ये अहिले सबैजना ठीक भएका छन्। प्रदेश ४ को बाग्लुङमा २ जना संक्रमित रहेका छन्, दुवैजना निको भएर घरमा फर्केका छन्।

सुदूरपश्‍चिम प्रदेशमा ५ जना संक्रमित छन्। जसमा कैलालीमा ४ र कञ्चनपुरमा १ जना संक्रमित छन् । कञ्चनपुरमा १ र कैलालीका ३ जना निको भएर घरमा फर्किसकेका छन्। हालसम्म नेपालमा करिब १० हजार जनामा कोरोनाको पीसीआर परीक्षण गरिसकिएको छ। सरकारले कोरोनाको फैलावट रोक्न ११ चैतदेखि लकडाउन लगाएको छ।

अहिले १५ वैशाखसम्मका लागि लकडाउनको समय तोकिएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार १ सय ६०, प्रदेश २ मा ५ हजार ४४, बागमतीमा ७ हजार ४ सय ६७, गण्डकीमा ४ हजार ८ सय ७१, प्रदेश ५ मा २ हजार ९ सय ५०, कर्णालीमा ४ हजार ९ सय ७४ र सुदुरपश्चिम प्रदेशमा १० हजार २ सय ४ जनाको आरडिटिबाट कोरोनाको परीक्षण भएका छन्। कुल संक्रमित ५१ जनामध्ये हालसम्म १६ जना उपचारपछि निको भएका छन्।

काठमाडौं उपत्यकामा ३ र बाहिर ८४ गरी कुल ८७ जना आइसोलेसनमा छन्। १४ हजार ७ सय ३१ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button