कोरोना निय’न्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनद्वारा ३ करोड सहयाेग

काठमाडौं, १४ वैशाख : एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ कोरोना निय’न्त्रण कोषम सहयोग गरेका छ । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा निय’न्त्रण कोषमा एमआईटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ सहयोग गरेको हाे । गैरआवासीय नेपालीहरु शेष घले तथा जमुना गुरुङ्गद्वारा स्थापित फाउण्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

‘यात्रामा भइरहेको अ’वरोधका कारण हामी स्वयं उपस्थित हुन नसकेको हुँदा हाम्रा प्रतिनिधिहरुले सो रकम हस्तान्तरण गर्नुभएको छ’ फाउण्डेसनका अध्यक्ष शेष घलेले भने, ‘आशा छ यो रकम नेपाल सरकारले कोरोना निय’न्त्रण र निर्मूलका लागि परिक्षण, निग’रानी र उपचार लागि खर्च गर्न सदुपयोग गर्ने छ ।’

यसअघि नेपालमा आईपरेका ठुला विपद्हरु भूकम्प एवं ना’काबन्दी तथा बाढीका बेला पनि फाउण्डेसनले विभिन्न सहयोग गर्दै आएको थियो । अध्यक्ष घलेले कोरोना संक्रमितको संख्यालाई नि’यन्त्रणमा राख्न नेपाल सरकार र नेपालीहरुले खेलेको भूमिकाप्रति कृतज्ञता व्यक्तगर्दै यो म’हामारीबाट नेपालीजनता एवं विश्व चाँडै मुक्त हुने विश्वास व्यक्त गरे । देश तथा देशवासीहरु हरेक दुःख तथा स’मस्याका घ’डीमा फाउण्डेसन सदैव आफूले सकेको हरेक सहायताको लागि तत्पर रहने अध्यक्ष घलेले बताए ।

सम्बन्धित खवर

Back to top button