सांसद अ’पहरणकाे जा’हेरी लिन मानेन प्रहरीले


काठमाडाैं, १४ वैशाख : सांसद अ’पहरणकाे मु’द्दा प्रहरीले दर्ता गर्न मानेकाे छैन् । जनता समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादवलाई अ’पहरण गरेको आरो’पमा संघीय सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, सांसद किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बि’रुद्ध कि’टानी जा’हेरी लिन प्रहरीले नमानेकाे हाे ।
मु’द्दा द’र्ताकाे प्रक्रिया अघि बढाउन पार्टीका शीर्ष नेताहरु डा बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव र पीडित सुरेन्द्र यादव नै महानगरीय प्रहरी प’रिसरमा पुगेका थिए । पूर्व महानिरीक्षक खनाल र सांसदद्वय बस्नेत र श्रेष्ठले यादवलाई गएको बुधबार महोत्तरी घरबाट अ’पहरण गरेर काठमाडौं ल्याई मेरियट होटलमा रातभर ब’न्धक बनाएको जा’हेरीमा उल्लेख छ ।



जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी प’रिसर टेकुमा सांसद डा. सुरेन्द्र यादवको ‘राजनीतिक अ’पहरण’ गर्नेविरुद्ध कि’टानी जा’हेरी दिन पुग्नुभएको छ । मुलुकी अप’राध संहिता ऐन २०७४ को भाग-२, परिच्छेद – १७ मा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने ध’म्की दिई निय’न्त्रणमा लिन नमिल्ने व्यवस्था गरेको छ। यस्तो कार्यलाई अ’पहरण मानिएको छ।
पूर्व प्रधानमन्त्री तथा जसपाका शीर्ष नेता बाबुराम भट्टराइ लेख्छन् “यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अ’पहरणसम्बन्धी मु’द्दा पी’डित ब्यक्तिले महानगरीय प्रहरी प’रिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जा’हेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?#SaveDrYadav”
यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अ’पहरणसम्बन्धी मु’द्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी प’रिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जा’हेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?#SaveDrYadav pic.twitter.com/vofzToFBPZ
— Baburam Bhattarai (@brb1954) April 26, 2020
अ’पहरणमा परेका भनिएका यादवले आफूलाई अप’हरण गरेको नभने पनि झु’क्याएर, द’बाबमा काठमाडौं ल्याएको बताउँदै आएका छन्। खनालसहित दुई सांसदले महोत्तरी गएर यादवलाई ल्याएको स्वीकार गरिसकेका छन्।

जा’हेरी लिन प्रहरीले अस्वीकार गरेपछि काठमाडौँ प्रहरी परि’सरमा प्रहरी अधिकारीहरु र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरुबीच च’र्काचर्की भएको छ। मु’द्दा फाँटका डीएसपी कृष्ण चन्दले घटना महोत्तरीमा भएकाले उतै जा’हेरी दिनुपर्ने भन्दै जा’हेरी लिन मानिरहेका छैनन्। काठमाडौँ प्रहरी प्रमुखका रुपमा आइतबार नै पदबहाली गरेका एसएसपी श्याम ज्ञवाली भने अहिले मेट्रो प्रहरी पुगेका छन्।
नेताहरुले भने लकडाउनका बेला महोत्तरी गएर जा’हेरी दिन असम्भव हुने भन्दै जा’हेरी लिन आग्रह गरिरहेको बुझिएको छ।








