कोहलपुर नगरपालिकाको उद्धार कार्य जारी: निजि क्षेत्रका व्यक्तिहरुको सक्रियता बड्दो


कोहलपुर १४ बैशाख : कोहलपुर नगरपालिकाले नागरिक उद्धार र राहात बितरणमा तिब्र तयारी गरिरहेको छ। बिभिन्न ठाउँबाट अलपत्र परि आएका नागारिकोको उद्दार तथा स्वास्थ्य पारिक्षेण गर्न कोहोलपुर चौरामा हेल्प डेस्क स्थापना गरि सेवा दिइरहेको नगरपालिकाले अलपत्र नागारिहरुको उद्दाहारमा पनि सक्रियतापूर्वक लागेको हाम्रा सहकर्मी कुसल दर्लामीले वताएका छन ।
यता वडा न. ११ ले पनि बिभिन्न निकाय र समाजसेवीहरुबाट राहात संकलन गरि वितरण गरिरहेको छ ।



यस साथै कोहलपुरका निजि व्यापारीहरू
,समाजसेवी युवा, निर्माण ब्यवसायी सबैको सक्रियतामा एक प्रदेश देखि अर्को प्रदेशमा अलपत्र परेका वा पैदलयात्रुहरुलाई खानाको प्रवन्ध गर्दै आएका छन।
बिषेश गरि कोहलपुर प्रजातन्त्रिक उधोग व्यावसायिक संघका लक्ष्मण पौडेल ,प्रदीप भट्टराई ,दिपेन्द्र उप्रेती , दिपक भण्डारी ,चन्डि प्रशाद गैरे,चिन्तामणि धिताल , सीता कार्की ,भिमा गिरि ,संगीता सुवेदी नेपाली काङ्ग्रेस कोहलपुर नगर सचीव भुम बाहादुर भण्डारी सह सचीव सुशील सापकोटा , युवा नेता गौरव रावल लगाएतको समूहले आ- आफ्नै ब्यक्तिगत लगानीमा लकडाउनमा परि बिचल्ली परेका पैदल यात्रीहरुलाई निशुल्क खाना नास्ता खुवाउन सहयोग गरिरहेका छन।
साथै कोहलपुर न. पा ११ का सभापति मोहन चापागाईं तथा दिपेन्द्र उप्रेती , नारायण पौडेल , निराजन भट्टराई लगाएतको समुहले कोहलपुर न.पा १४ हवल्दारपुर स्कुलमा क्वारेन्टाइनमा रहेका ६५ जना ,पिपिरी क्वारेन्टाइका नागरिक र स्वास्थकर्मी एवं कोभिड १९ मा खटिएका सुरक्षाकर्मीहरुलाई समेत नास्ता पानी वितरण गरेको लक्ष्मण पौडेलले जानकारी दिएकाछन्। आइतबार बेलुका सम्म ६४५ जना यात्रुहरुलाई खाना खुवाएर संबंधित गन्तव्य स्थान तर्फ पठाइ उद्धार गरेको जनाइएको छ।