प्रधानमन्त्री पद जाेगाउन वरिष्ठ नेता नेपाललाई फकाउँदै


काठमाडाैं, १५ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाइरहेका छन् । प्रधानमन्त्रीकाे पद ध’रापमा पर्ने संकेत पाएका ओलीले वरिष्ठ नेता नेपाललाई फकाएर पद जाेगाउने कसरतमा जुटेका हुन् ।
आज वरिष्ठ नेता नेपालकाे कोटेश्वरस्थित घर नजिकै निर्णायक वार्ता भएकाे छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी थिए । त्यस्तै माधव नेपालसहित विष्णु पौडेल, सुरेन्द्र पाण्डे र रघु पन्त सहभागी रहेकाे स्राेतले बताएकाे छ ।



उक्त वार्तामा नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसपछि स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको बताइएकाे छ। नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघको भवनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भएको वार्तामा उक्त सहमति भएको हो।
‘भोली सचिवालय बैठक राख्ने र त्यसले स्थायी समिति बैठकको मिति तोक्ने सहमति भएको छ,’ नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले बताए, ‘पार्टी कमिटिका बैठक राखेर सबैकुरा त्यहाँबाटै निकास दिनुपर्ने कुरा भएको छ।’
उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत रहेका कारण प्रधानमन्त्री ओलीले नै पार्टीभित्रकाे समस्याकाे निकास दिनुपर्ने बताए। सो वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।
छलफलबाट ओलीपक्षका नेताहरु बाहिरिएपछि नेपाल पक्षका नेताहरुले साेहि ठाउँमा छलफललाई निरन्तरता दिइरहेका छन् । यसअघि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छ’लफल भएको थियो ।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता तीव्र पारिएकाे छ। यसअघि ओली र नेपालबीच बालुवाटारमा वार्ता भएको थियो । ओली र नेपालबीचको छलफलमा दुवै तर्फका नेतालाई वि’वाद मिलाउने जिम्वारी दिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओलीले पार्टी निर्देशनविपरीत कार्य गरेको, एकलौटी रुपमा निर्णय गर्ने गरेको भन्दै नेकपाभित्रको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल पक्ष असन्तुष्टि रहँदै आएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालले प्रधानमन्त्री ओलीलाई बजेटअघि नै प्रधानमन्त्रीबाट ह’टाउने तयारी शुरु गरेका छन् । प्रधानमन्त्री ओली पक्ष भने नेपाल पक्षसँग सहमति गरी सत्ता जोगाउने तयारीमा लागेको छ।








