‘आ’रोप पुष्टि भए धरहराबाट हाम फाल्छु’

काठमाडौं, १६ बैशाख : अहिले कोरोना संक्रमणको भ’यले मात्रै स’ताएको छैन् । मुलुकमा देखिएको राजनीतिक संकटको कालो बादलको धब्बा पनि दुरुस्त नै छ । सरकार ढालाउने खेलमा सत्तारुढ दलकै नेता लागि परेका छन् । यसै सन्दर्भमा पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जुझारु युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीका ज्यान दिन तयार रहेको बताएका छन् । उनले अहिले भैरहेको चलखेलको बारेमा प्रतिक्रिया स्वरुप यस्तो बताएका हुन् ।

मुलुकमा गणतन्त्र स्थापना भएयता राजनीति वृतमा कुनै न कुनै कोणबाट चर्चा भइरन्छ बस्नेतको । उभार अवस्थाको माओवादीले २०६६ सालको अन्त्यतिर राज्यसत्ता क’ब्जा गर्ने उ’द्घोषसहित काठमाडौं उपत्यकामा गरेको विशाल प्र’दर्शन तितरबितर पार्न बस्नेतको स्मरणीय भूमिका रह्यो । त्यसले बस्नेतको राजनीतिक हैसियत समेत बढायो ।

नेकपा एमालेको ९ औं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन पनि बस्नेतको सक्रियता रह्यो । ओलीलाई अध्यक्ष बनाउन खेलेको भूमिकाकै कारण २०७० साल मंसिर ४ गते भएको संविधानसभाको द्राेसाे निर्वाचनमा पराजित भए पनि बस्नेतलाई मन्त्री बन्ने अवसर जुर्‍यो । मन्त्री बनेपछि भने बस्नेतको चर्चा क्रमश ओसिँदै गयो । राजनीतिक वृतमा अहिले फेरि बस्नेतको चर्चा भइहेको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका नेताहरुले बस्नेतलाई सांसद अ’पहरण गरेको आ’रोप समेत लगाएका छन् । बस्नेत तथा नेकपाका अर्को सांंसद किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि नवगठित जनता समाजवादी पार्टीका सुरेन्द्र यादवसहितका केही सांसदलाई पार्टी फु’टाउनको लागी होटलमा थु’नेर राखेको आ’रोप लागेको छ ।

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश र त्यो घटनाले नेकपामा अहिले ठूलै भुमरी ल्याएको छ । त्यसैलाई आधार बनाएर केपी ओलीले प्रधानमन्त्री छोडुनुपर्ने आजाव समेत उठिरहेको छ । किन ल्याइयो अध्यादेश ? के थियो त्यसको उदेश्य ? के सांसदहरुलाई अ’पहरण गरिएकै हो ? अब प्रधानमन्त्री ओली नेकपाभित्र क’मजोर भएकै हो त ? भन्ने प्रश्नको जवाफमा पूर्व मन्त्री बस्नेतसँग जनता टेलिभिजनको कार्यक्रमा आफू र प्रधानमन्त्री माथी लगाएको आ’रोप पुष्टि भए धरहराबाट हाम फाल्ने बताएका थिए । उनले प्रधानमन्त्री ओलीको बचाउ गर्दै त्यस्तो कुनै पनि गलत क्रियाकलाप नभएको बताएका हुन् ।

सम्बन्धित खवर

Back to top button