नेपाल-चीनका समकक्षीबीच टेलिफोन संवाद: कोरोनाविरुद्धको ल’डाइँबारे छलफल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन संवाद भएको छ । उनीहरुबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको ल’डाइँबारे विचार आदानप्रदान भएको परराष्ट मन्त्रालयले जनाएको छ । सोमबारभएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको प्रभाव र दुवै देशका सकारहरुले यसविरुद्ध चालेका उपायहरुबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीले चीनले कोभिड-१९ रो’कथाम र नि’यन्त्रणका लागि चालेका सुदृढ कदम र विश्वका अन्य देशलाई यसविरुद्धको ल’डाइँमा गरेको सहयोगको प्रशंसा गरेको मन्त्रलायले जनाएको छ। राष्ट्रपति भण्डारीले चिनियाँ सरकार र जनताले नेपाललाई स्वास्थ सामग्री उपलब्ध गराएकामा पनि सराहना गरिन् । प्रत्युत्तरमा राष्ट्रपति सीले नेपालले कोरोना भाइरस फैलन नदिन गरेको शीघ्र र साहसी कार्यको प्रशंसा गर्दै यस सम्बन्धमा नेपाललाई सहयोग गरिने विश्वास दिलाए।

चिनियाँ राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्या’रोपणपछि पुनः आफ्नो काममा फर्किएको खुशी व्यक्त गर्दै उनको सुस्वास्थ्य र सुखको पनि कामना गरेको मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारीलाई टेलिफोन संवादका लागि धन्यवाद दिँदै कोरोना भाइरस महामारीका समय र कोरोनाबाट नि’धन भएकाहरुको श्रद्धाञ्जलिका लागि आयोजित राष्ट्रिय शो’कसभामा चिनियाँ सरकार र जनताप्रति व्यक्त गरेको ऐक्यबद्धता र समर्थनका लागि सराहना गरे ।

दुवै राष्ट्रपतिले दुई देशबीच विद्यमान उत्कृष्ट द्विपक्षीय सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै यसलाई आगामी दिनमा दुई देशका उच्चस्तरीय भ्रमणहरुमा गरिएका समझदारी र हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित परियोजनाहरुको कार्यान्वयनका माध्यमबाट अझ सुदृढ गर्ने सहमति पनि भएको छ।

दुवै राष्ट्रपति अवस्था सामान्य भएपछि ती आयोजनाहरुको शीघ्र कार्यान्वयन गर्ने विषयमा सहमत पनि भएका छन्। टेलिफोन संवादमा चिनियाँ राष्ट्रपति सीको गत वर्ष अक्टोबरमा नेपालमा भएको सुखद् भ्रमणको पनि स्मरण गरिएको थियो।

सम्बन्धित खवर

Back to top button