युभेन्टसका स्ट्राइकर पाउलोमा पुन: कोरोना पोजेटिभ

एजेन्सी : अर्जेन्टिनी तथा युभेन्टसका स्ट्राइकर पाउलो डिबालालाई फेरी कोरोना संक्रमण देखिएको छ । उनको ६ साता टेष्ट गर्दा चौथो पटक यो भाइरस संक्रमण देखिएको हो ।

मार्च २१ तारिखमा उनी आफैले प्रेमीका अरीयाना साबाटिनी र आफूलाई कोरोनाको संक्रमण भएको सार्वजनिक गरेका थिए । त्यसपछि उनी क्वारेन्टिनमा बसेर यो भाइरसबाट बाहिर निस्किने प्रयास गरेका थिए ।

यो बीचमा उनमा बारम्बार परिक्षण भएको थियो । जसमा उनको पोजेटिभ नै देखिएको थियो । छैटौ सातामा फेरी उनको परिक्षण हुँदा संक्रमण पोजेटिभ नै देखिएको छ । उनले आफ्नो अनुभवलाई साट्दै श्वासप्रस्वासमा भइरहेको समस्याका बारेमा कुरा गरेका थिए । त्यहि आफ्नी प्रेमीकाको विस्तारै सुधार हुँदै गएको बताए ।

उनले कोरोना मुक्त भइसकेको सोचेर घरमै प्रशिक्षण सुचारु गरेका थिए । तर सो बेला पाँच मिनेटमा नै उनको श्वास फुल्ने हुँदा फेरी जाँच गराएका थिए । जसका कारण भाइरसको संक्रमण फेरी देखिएको हो ।

सुरुवातमा डिबालासँगै अरु दुई जना फुटबलर डेनीली रुगानी र ब्लेइसी मटुइदीमा संक्रमण देखिएको थियो । अरु दुई जना फिट भइसकेको बताइएको छ । कोरोनाका कारण बन्द रहेको सिरी ए मे चार तारिखबाट सुचारु गर्ने योजनामा इटालीयन फुटबल रहेको छ ।

सम्बन्धित खवर

Back to top button