कोरोनाविरुद्ध जु’धिरहेकी नर्सको मन छुने पोस्ट

काठमाडौं, १७ वैशाख : कोरोना भाइरस (कोभिड-१९) का बि’रामीहरुको उपचारकामा संलग्न एक नर्सले मन्छुने कुरा लेखेकी छिन् । बेलायतको एक अस्पतालमा कोरोना भाइरसको उपचारमा संलग्न एक नर्सले लगातार १३ घण्टा प्रोटेक्टिभ गियर लगाएर काम गरेपछि बि’ग्रिएको आफ्नो अनुहारको फोटो सेयर गर्दै मन छुने स्ट्याटस लेखेकी हुन ।

बेलायतको नटंघमशायरको पूर्वी रेटफोर्डकी नर्स एमी गोल्डले आफ्नो यो तस्वीर फेसबुकमा पोस्ट गर्दै मानिसहरुलाई घरबाहिर ननिस्किन आ’ग्रह गर्दै लेखेको पोष्टले यतिबेला धेरैको मन छोएको छ ।

डोनक्यास्टर एण्ड बासेत्लाभ टिचिङ हस्पिटलमा कार्यरत यी नर्सले आफूले कोरोना भाइरसको म’हामारीले हप्तामा ६५ घण्टा काम गरेको खुलासा गर्दै उनले घरबाहिर जानेबारे सोच्दै गर्दा आफ्नो यो अनुहार सम्झिन आ’ग्रह गरेकी छिन् ।

तस्वीरमा आफ्नो युनिफर्ममा रहेकी एमीको अनुहारमा ठूला ठूला छापहरु परेका छन् । उनको अनुहार निकै थकित देखिन्छ । उनले यो तस्वीरलाई ‘वास्तविकताको तस्वीर’ भएको बताएकी छिन् ।

उनले आफूले आफ्ना परिवारले झण्डै एक महिनादेखि भेट्न नपाएको बताउँदै अरुलाई बचाउनका लागि आफ्नै ज्यान जो’खिममा राखिरहेको बताएकी छिन् ।

उनले आफू अझै पनि अग्रपंक्तिमा रहेर कोरोनाभाइरससँग ल’डिरहने प्रतिज्ञा गरिन् । उनले भाइरसका कारण ज्यान गुमाउने बि’रामीको अन्तिम समयमा उनीहरुका आफन्त साथमा हुन नपाउँदा बिरामी एक्लै छैनन् भन्ने आभास दिलाउन उनीहरुको हात समाउने गरेको बताउँदै पोष्ट गरेपछि यतिबेला उनको पोष्टले धेरैको मन छोएको छ ।

सम्बन्धित खवर

Back to top button