एकैदिन अमेरिकामा करिव २५ सयले गुमाए ज्यान, रुसमा तीव्ररुपमा फैलियो कोरोना

काठमाडौं : अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन करिव २५ सयले ज्याम गुमाए छन् । दुई दिनदेखि मृतकको संख्यामा कमि आएको अमेरिकामा कारोना भाइरसका कारण मृ’त्यु हुनेको संख्या फेरि बढेको हो । आइतबार र सोमबार करिब १३ सयको हाराहारीमा ज्यान गुमाएको अमेरिकामा मंगलबार भने करिब २५ सयले ज्यान गुमाएका हुन्।

अमेरिकामा मंगलबार मात्रै २४ सय ५६ जनाको मृ’त्यु भएको वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकमा छ । त्यस्तै अमेरिकामा एकै दिन २५ हजार ९८ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमतिको संख्या १० लाख ३५ हजार ४ सय ५४ रहेको छ।

अमेरिकापछि इटालीमा धेरैले ज्यान गुमाएका छन्। इटालीमा २७ हजार ३ सय ५९ जनाको मृ’त्यु भएको छ भने २ लाख १ हजार पाँच सय पाँच संक्रमित छन्। त्यस्तै स्पेनमा २ लाख ३२ हजार १ सय २८ संक्रमित रहेका छन्। त्यहाँ २३ हजार ८ सय २२ जनाको मृ’त्यु भइसेको छ। फ्रान्समा २३ हजार ६ सय ६० जनाको ज्यान गइसेको छ भने एक लाख ६५ हजार ९ सय ११ बि’रामी छन्।

बेलायतमा एक लाख ६१ हजार १ सय ४५ जनामा संक्रमण भेटिएको छ भने २१ हजार ६ सय ७८ जनाले ज्यान गुमाइसकेका छन् ।

जर्मनीमा एक लाख ५९ हजार बि’रामी रहेका छन्। त्यहाँ ६ हजार २ सय १४ जना बिरामी छन्। त्यस्तै टर्कीमा पनि १ लाख १४ हजार संक्रमित रहेका छन्। टर्कीमा २ हजार ९ सय ९२ जनाको मृ’त्यु भइसकेको छ।

रुसमा तीव्ररुपमा फैलिएको यो भाइरका कारण एकै दिन ७३ जनाले ज्यान गुमाउँदा ९३ हजार ५ सय ५८ संक्रमित छन्। त्यहाँ ८ सय ६७ जनाले ज्यान गुमाएका छन्।

इरानमा ५ हजार ८ सय ७७ जनाको मृ’त्यु भएको छ । त्यहाँ ९२ हजार ५ सय ८४ संक्रमित छन् । नेपालको छिमेकी देश चीनमा मृ’त्यु शुन्यमा झरेको छ। चीनमा ६ जनामा संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ८२ हजार ८ सय ३६ जनामा संक्रमण देखिएकोमा ७७ हजार पाँच सय ५५ जना निको भइसकेका छन्।

भारतमा ३१ हजार संक्रमित हुँदा त्यहाँ मृ’त्यु हुनेको संख्या १ हजार नाघेको छ। त्यहाँ एक हजार ८ जनाको ज्यान गइरहेको छ। कोरोनाका कारण विश्वभर अहिलेसम्म ३१ लाख ३६ हजार २ सय ३२ जनामा संक्रमण देखिएको छ भने मृ’त्यु हुनेको संख्या २ लाख १७ हजार ७ सय ९९ रहेको छ। विश्वभर ९ लाख ५३ हजार २ सय ४५ जना निको भएर घर फर्किएका छन्।

सम्बन्धित खवर

Back to top button