थप एक जनामा कोरोना सं’क्रमण पुष्टि

वीरगञ्ज, १७ वैशाख : नेपालमा भर्खरै थप एकजनामा काेराेना पुष्टि भएकाे छ । वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमण भेटिएको हाे । महानगरका सफाइ कर्मचारीमा कोरोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

आइतबार मात्र वीरगञ्ज ३ का सफाइ नाइकेमा कोरोना सं’क्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा सं’क्रमण भेटिएको हो । बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना सं’क्रमणको पुष्टि भएको थियो ।

सं’क्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

आइतबार कोरोना सं’क्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । यो सँगै नेपालमा कोरोना सं’क्रमितको संख्या ५८ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर

Back to top button