विकल्पमा किम जाेङ उनका काका किम प्योङ इल

काठमाडाैं, १७ बैशाख : उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको नि’धन भएकाे खबर सार्वजनिक भएसँगै विभिन्न किसीमका अट्कल बाजी हुन थालेका छन् । उनकाे स्वास्थ्य अवस्थाका विषयमा विभिन्न शंकाहरू उठ्दा उनका काका किम प्योङ इललाई उत्तराधिकारीका रूपमा चर्चा गर्न थालिएको छ ।

६५ वर्षीय प्योङ इल उत्तर कोरियाका राष्ट्रपिता किम इल सुङका एक मात्र जीवित छोरा हुन् । सन् १९७० को दशकमा किम जोङ इलले उनलाई पछि पारेर शासन व्यवस्था चलाउन थालेका थिए । जोङ इलले सन् १९९४ देखि २०११ सम्म देश चलाए । प्योङ इल हंगेरी, बुल्गेरिया, फिनल्यान्ड, पोल्यान्ड र चेक गण्तन्त्रमा चार दशकसम्म कूटनीतिक पद सम्हालेर पोहोर साल प्योङयाङ फर्केका हुन् ।

प्योङ इललाई शासनबाट पाखा लगाइएपछि सरकारी मिडियाले कहिल्यै वास्ता गरेन । अनि नेतृत्वका लागि उनले कहिले पनि गम्भीर चुनौती प्रस्तुत गर्न सकेनन् । तर उत्तर कोरियामाथि निगरानी गर्नेमध्ये केहीले जोङ उनले उत्तराधिकारी घोषणा नगरेकाले प्योङ इल नै शासनमा आउन सक्ने बताएका छन् । उनमा किम वंशको रगत छ अनि उनी पुरुष हुन् ।

प्योङयाङका अनुदारवादी पुरुष शासकहरूले किमकी बहिनी यो जोङलाई शासक बनाउन हिचकिचाउने देखिन्छ । उनी महिला भएकाले अनि उनको उमेर अझै सानै भएकाले उनीहरू हिचकिचाउने उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेका थाए योङ हो ले बताए ।

‘किम यो जोङको नेतृत्वमा उत्तर कोरिया दिगो समयसम्म कायम रहने सम्भावना नहुनु समस्याको कारण हो,’ थाएले भने । उनलाई सर्वोच्च नेता मानेर सामूहिक नेतउत्व गर्दा देशमा अव्यवस्था आउन सक्छ । ‘यसो हुन नदिनका लागि नेतृत्वमा रहेका केहीले किम प्योङ इललाई सत्तामा ल्याउन सक्छन् । अहिले उनलाई घरमै नजरबन्द राखिएको छ ।’

अरूले चाहिँ प्योङ इल सत्तामा आउने कुनै सम्भावना नरहेको बताए । दक्षिण कोरियाको सत्तारूढ दलका सांसद किम ब्योङ–कीले प्योङ इल सत्तामा आउने अनुमान हास्यास्पद रहेको भनी सामाजिक सञ्जालमा लेखे ।

उत्तर कोरियाले आफूलाई मन नपरेका मानिसलाई विदेश पठाएर उनीहरूको प्रभाव कम गराउने कोशिश गर्ने गरेको छ । तर प्योङयाङका शासकहरूमा आश्रित रहने गरी उनीहरूलाई पैसा चाहिँ दिने गरिएको छ । प्योङ इल सत्तामा आए भने बहालवाला नेतृत्व खतरामा पर्न सक्छ किनकि उनीहरूले प्योङ इलको प्रभावलाई दबाउन वर्षौंदेखि षड्यन्त्र गर्दै आएका छन् ।

सम्बन्धित खवर

Back to top button