काेराेना जिते भारतमा एकै परिवारका आठ नेपालीले

काठमाडाै‌ं, १७ वैशाख : एकै परिवारका आठ जना नेपालीले भारतमा कोरोना भाइरसकालई जि’तेर घर फर्किएका छन् । पश्चिम नेपालको अछाम जिल्लाको चैरपाटी निवासी एकै परिवारका आठ सदस्यहरुले काेराेना जितेका हुन् । उनीहरु अहिले घरमै आराम गरिरकेका छन।

भारतको मुम्बईमा बस्दै आएका एकै परिवारका आठ जनामा अघिल्लो महिना कोरोनाभाइरसको स’ङ्क्रमण देखिएको थियो । तीनवटा अलग–अलग अस्पतालमा झ’ण्डै साढे तीन साताको उप’चारपछि निको भएका उनीहरू दक्षिण मुम्बईको आफ्नो घरमा बसिरहेको छन।

परिवारकाअनुसार कार चलाउने काम गर्ने उनका माइलो भाइलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस निय’न्त्रणको प्रयासमा लकडाउन घो’षणा गर्नु अघि नै ज्व’रो आइरहेको थियो।

पारिवारिक चिकित्सकबाट परी’क्षण अनि विभिन्न अस्पतालमा जाँ’च गराएर औषधि खाँदा समेत ज्वरो आउने, छाति दुख्ने र टाउको दुख्ने क्र”म रोकिएन। त्यसपछि उनले भाइमा कोरोनाभाइरस रहे या नरहेको पर’ीक्षण गराउने निधो गरे। स्वास्थ्य परीक्षणमा भाइलाई कोभिड–१९ देखिएपछि उनलाई अस्पतालमा भ’र्ना गरियो।

एउटै घरमा बस्ने भएकाले परिवारका सबै ११ जनाको परी’क्षण गराएको थियो। जाँचपछि उनकी श्रीमती, दुई छोरी, तीन भाइ र एक भतिजामा कोरोनाभाइरसको स’ङ्क्रमण देखिएको थियो । आफ्ना १२ वर्षे छोरा, भाइबुहारी र भतिजी बाहेक परिवारका सबैमा कोरोना देखिएको थियो। भारतको मुम्बईका ट्रमा, कस्तुरवा र पी डब्लू अस्पतालमा उनका परिवारका सदस्यहरूको उप’चार गरिएको थियो।

उनीहरू २२ देखि २५ दिनसम्म अस्पतालमा बसेका थिए। निको भएर घर फर्किका उनीहरुले हिन्दु विधि अनुसार पूजापाठ गरेर परिवारका सबै सदस्यहरू दक्षिण भारतको मुम्बई स्थित गिरगाउँ चौपट्टीमा रहेको घरमा प्रवेश गरेको र पहिलाजस्तै एकजुट भएर रमाएका छन्।

सम्बन्धित खवर

Back to top button