राहत वितरणमा वि’वाद उत्पन्न हुँदा वडाध्यक्ष कु’टिए


डोटी, १७ वैशाख : डोटीको केआईसिंह गाउँपालिकामा राहत वितरणका क्रममा वि’वाद हुँदा वडाध्यक्षमाथि कु’टपिट भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका– ४ का वडाध्यक्ष जयबहादुर धामीमाथि कु’टपिट भएकाे हो।
कुटपिटबाट बे’होस भएका धामीको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उ’पचार भइरहेको छ । कु’टपिटका क्रममा अध्यक्ष धामी बे’होस भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएकाे छ ।



‘बिहानैदेखि भोकभोकै राहत वितरणमा खटिएको थिएँ, नाम छुटेकाले चिन्ता नगर्नुस् घरखेत बेचेर भएपनि दिउँला भनिरहेकै थिएँ’, घा’इते वडाध्यक्ष धामीले भने, ‘केही परिवारलाई उ’क्साएर राहत पाउनु पर्छ भन्दै ममाथि आ’क्रमण भयो।’
कु’टपिटमा संलग्न ४ जनालाई प्रहरीले प’क्राउ गरेको दुर्गामाण्डौ प्रहरी इन्चार्ज भाष्करराज पन्तले जानकारी दिए ।








